काठमाडौं, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगका सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाल नियुक्त भएको बैठकपछि सरकारका प्रवक्ता संचार राज्यमन्त्री गोकुल बास्कोटाले दिए । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिको वैदेशिक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पठाउनेसमेत निर्णय गरेको पनि मन्त्री बास्कोटाले जानकारी दिए । यसैगरी, सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचना खारेज गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखा खारेज गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९