पोखरा, ११ वैशाख। अभिभावकविहीन वेसहारा थप २ जना बालिकालाई पोखरा सेदीबगरथित बाल कल्याण संस्थाले संरक्षण प्रदान गरेको छ।
महिला तथा बालबालिका कार्यालय कास्कीले ६ वर्षीया पूजा बिक र ८ वर्षीया एजिना श्रेष्ठलाई आइतबार संस्थाको जिम्मा लगाएको हो । कार्यालयकी अधिकृत तुलसा अर्यालले संस्थाका प्रबन्ध निर्देशक विजयकुमार प्रधानलाई ती बालिका जिम्मा लगाएकी हुन्।
जोखिममा रहेकी एजिनालाई महिला तथा बालबालिका कार्यालयले पोखरा बगालेटोलबाट उद्धार गरेको थियो। आमाबाबुको मृत्युपछि हजुरआमाले पाल्दै आएकोमा एजिनालाई हजुरआमाले समेत छाडेर अन्तै भागेपछि उनी जोखिममा परेकी थिइन्।
त्यस्तै, अभिभावकविहीन पूजालाई कार्यालयले पोखरा विन्ध्वासिनीबाट उद्धार गरेको थियो। सो क्षेत्रमा माग्दै हिंडेको अवस्थामा उनलाई भेटेको अधिकृत अर्यालले बताइन्।
बाल कल्याण संस्थाका प्रबन्ध निर्देशक प्रधानले माग्दै हिँड्ने अवस्थामा गुज्रिएका र उच्च जोखिममा पर्ने सम्भावना भएकोले महिला तथा बालबालिका कार्यालय कास्कीले उद्धार गरी केही समय उनीहरुलाई आपत्कालीन गृहमा राखेर आफूहरुलाई पूर्ण अभिभावकको जिम्मेवारी दिएको जानकारी दिए ।
‘उनीहरुले हालसम्म पनि आफ्नो घर ठेगाना बताउन सक्दैनन्,’ प्रधानले भने, ‘अब पूजा र एजिनाको अभिभावकको जिम्मा हामीले लिएका छौं। उनीहरुलाई पूर्ण रुपमा संरक्षण प्रदान गर्नेछौं। उनीहरुले छिट्टै अभिभावकत्वको अनुभूति गर्नेछन्।’
आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६९ अनुसार जिल्ला बालकल्याण समितिको ‘क’ वर्गमा पर्न सफल बालकल्याण संस्था १७ वर्षदेखि सञ्चालनमा छ।
संस्थामा नेपालका १७ जिल्लाका १४ महिनादेखि १८ वर्षसम्मका ३२ जना बालबालिका आश्रति छन्। संस्थाले उनीहरुको आवासीय संरक्षणसहित आवासीय विद्यालय, नर्सिङ कलेज र प्राविधिक कलेजमा विभिन्न तहमा अध्यापन गराउँदैआएको छ। साविक सराङ्कोट गाविस तथा अन्य क्षेत्रका करिब ९५ जना विपन्न तथा जोखिममा परेका बालबालिकालाई विभिन्न विद्यालयमा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको जनाएको छ ।
हालसम्म १२ जना बालबालिकालाई संस्थाले विभिन्न पेशा तथा परिवारमा पुनर्मिलन गराउन सफल भएको जनाएको छ। यस वर्ष ३ जना बालबालिकालाई परिवार तथा विभिन्न पेशामा पुनस्र्थापना गरी पारिवारीक सहयोग गरिएको संस्थाका निर्देशक प्रधानले जनाए।संस्थामा बालगृह एवम् बालबालिकाका लागि आत्मनिर्भर तालिम केन्द्र, अर्गानिक फार्मिङ उत्पादन, राष्ट्रियस्तरको संगीतालय, मनोविमर्श कक्ष, शैक्षिक छात्रवृत्ति कार्यक्रम, आत्मनिर्भरताका लागि मिडवय हाउस कार्यक्रम सञ्चालित छ । निर्देशक प्रधानका अनुसार हाल बत्ती, पानी र ग्याँसमा संस्था आत्मनिर्भर बनेको छ।
‘अझै पनि पोखराका सडकमा २ सय ९ जनाभन्दा बढी बालबालिका छन्,’ बालगृहका महासंघ नेपालका केन्द्रीय सचिवसमेत रहेका प्रधानले भने, ‘तर सरोकारवाला स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकाले यसतर्फ कुनै चासो दिएको पाइँदैन।’
कास्कीमा हाल ४२ वटा बालगृह सञ्चालनमा छ।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९