पोखरा, १० वैशाख। तनहुँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाइन्। ‘नेपाल सबै जातजातिको साझा फूलबारी हो। कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्वस्वीकार्य नहुन सक्छ,’ उनले भनिन्, ‘बरु जलाधार वा भौगोलिक क्षेत्र राम्रो विकल्प हो। गण्डक प्रदेश राख्दा सबैलाई स्वीकार हुन्छ।’
तनहुँ काँग्रेसका कार्यवाहक सभापति जितबहादुर आले पनि कुनै धर्म वा जात विशेष नामले सबैलाई समेट्न नसक्ने बताउँछन्। प्रदेशको नाम राख्न उनले दुर्इ विकल्प पेश गरे। ‘पहिलो त जलाधार हेर्दा ‘गण्डकी’ प्रदेश उत्तम नाम हो। त्यसो नभए दोश्रो विकल्प चाहीँ ऐतिहासिक रुपमा पनि पहिचान भएको ‘गोरखा’ राम्रो हुन सक्छ,’ उनले भने, ‘जात र धर्मविशेष नामले सबैको भावना समेट्दैन। सबैले अपनत्व गर्न सक्ने जलाधार र भूगोल आधार मानेर सर्वसम्मतिले नाम राख्नुहोला।’ गोर्खालीले ऐतिहासिक भएकोले गोरखा प्रदेश उपयुक्त भएको सुझाव पठाए।
‘जिल्ला तहमा आफ्नो परिवेशकेन्द्रित सिफारिस छ। गोर्खालीले ‘गोरखा’ भने। तनहूँमा ब्यासको माग बढ्यो,’ सांसद हरिशरण आचार्य भन्छन्, ‘तमुवान, मगरातका नाम पनि जोडतोडले उठेको छ। तर जलाधारमा सबैजना लचक हुनुहुन्छ।’ मनाङ र लमजुङमा धेरैजसोको गण्डकी प्रस्ताव भए पनि तमुवान चाहने पनि उत्तिकै थिए। लमजुङमा जनजाति महासंघ जिल्ला समितिले प्रदेशको नाम ‘तमुवान’ हुनुपर्ने मागसहित प्रदर्शनसमेत गरेको थियो। ‘धेरैको आवाज गण्डकी वा गण्डकमा सुनियो। तमुवान माग्नेहरु पनि निकै हुनुहुन्थ्यो,’ सुझाव संकलनमा खटिएकी सांसद मधुमाया अधिकारीले भनिन्, ‘विशेष जोड जातीयभन्दा भूगोलकेन्द्रित थियो।’
स्याङ्जा र नवलपुरतिर पनि ‘गण्डकी’ लाई धेरैले समर्थन गरेका थिए। केहीले तमुवानसँग जोडेर ‘गण्डकी’ मागे भने केहीले चाहीँ गोरखा, धवलागिरी, कालिगण्डकी लगायत नामसँग जोडेर ‘गण्डकी’ को पक्षमा आवाज उठाए। नवलपुरबाट हिमाल-पहाड-तराई र मध्येप्रदेश ‘मुसहर’ भन्ने नाम पनि प्रस्ताव भएको सांसद भागवत्प्रकाश मल्लले जानकारी दिए।
मुस्ताङीको माग ‘कालीगण्डकी’ मा बढी छ। ‘गण्डकी’, ‘मुक्तिनाथ’, ‘गोरखा’ वा ‘गण्डक’ मा पनि उनीहरुले सुझाव पठाएका छन्। म्याग्दीमा चाहीँ ‘धवलागिरी’ प्राथमिकतामा राखेका छन्। एमाले, काँग्रेस, माओवादी र जनमोर्चाले संयुक्त रुपमा निर्ण गरेर पहिलो नम्बरमा ‘धवलागिरी’ प्रस्ताव भयो भने ‘अन्नपूर्ण्ा’, ‘मगरात’, ‘तमुवान-मगरात’, ‘गण्डकी’ वा ‘गण्डक’ र ‘गोरखा’ प्रस्ताव पनि पठाएका सांसद दीपक कोइरालाले जानकारी दिए। ‘गण्डकी र धवलागिरी मिलेर प्रदेश बनेको हो। त्यसैले गण्डकीमा राजधानी भएपछि नाम ‘धवलागिरी’ राख्नुपर्छ भन्ने माग धेरैको थियो,’ कोइराला भन्छन्, ‘गण्डकी’ वा ‘गण्डक’ प्रदेशमा पनि वहाँहरुको समर्थन छ। हिमाल र नदीलाई बढी प्राथमिकतामा उठाउनुभयो।’
बागलुङ र पर्वतमा उस्तै नाममा छलफल बढी भयो। विशेषतः हिमालय, गण्डक वा गण्डकी र तमुवान-मगरातका विषयमा धेरैको प्रस्ताव परेको सांसद चन्द्रबहादुर बुढाले जानकारी दिए। ‘भौगोलिक विविधतालाई धेरै रुचाउनुभएको छ। सबैको अपनत्व हुने गरी नाम राख्न सुझाव आएको छ,’ उनले भने, ‘प्राथमिकतामा आफ्नो भेगअनुसारको नाम सिफारिस भए पनि गण्डक वा गण्डकीमा सबैजसो सहमत हुनुहुन्छ।’ ‘सप्तगण्डकी’, ‘ढोरपाटन’, ‘मुक्तिक्षेत्र’ लगायत नाम पनि प्रस्तावमा परेको उनले बताए।
प्रदेश ४ यतिबेला प्रदेशको नामाकरण र राजधानी तोक्ने कामका लागि व्यस्त छ। गएको चैत १२ गते ३० दिनको म्याद तोकेर संसद् बैठकबाट प्रदेश राजधानी तथा नामाकरण समिति गठन भएपछि समितिले क्लष्टर छुट्याएर सम्भावित नामबारे सुझाव मागिरहेको छ। चैत २८ गते कास्कीमा छलफल चलाएको समितिले आइतबार प्रदेशका बाँकी १० वटै जिल्लाबाट सुझाव संकलन गरिसकेको छ। क्रियाशील राजनीतिक दलले पनि सोमबार साँझसम्म नामका विषयमा सुझाव पठाएको र मंगलबारको बैठकमा सबैको सिफारिसको प्राथमिकीकरण गरिने सुझाव संकलन समितिका सभापति विन्दुकुमार थापाले बताए। ‘सबै जिल्ला र सबै पार्टीसँग सुझाव लिइसकेका छौं। अब मंगलबार बिहान बैठक बसेर सुझावको पोको खोल्छौं,’ उनले भने, ‘सुझावको प्राथमिकीकरण गरेर सूचीसहितको प्रस्ताव तयार गछौर्ं। ३ बजे बस्ने प्रदेशसभामा सुझाव सिफारिस हुन्छ।’ सुझाव संकलन समितिको बैठक बिहान ८ बजे डाँकिएको छ। समितिमा थापा सहित, हरिशरण आचार्य, सरिता गुरुङ, मधुमाया अधिकारी, धनञ्जय दवाडी, दीपक कोइराला, कृष्ण थापा, सावित्रा राना, चन्द्रबहादुर बुढा, भागवत्प्रकाश मल्ल र मीनप्रसाद गुरुङ सदस्य थिए। समितिले मंगलबार संसद् बैठकमा नामाकरण र राजधानीबारे सुझाव सहितको प्रतिवेदन पेश गर्नेछ। समितिको निर्धारित समयसीमा पनि मंगलबार नै पूरा हुनेछ।
‘गण्डकी’ राख्न माग
विभिन्न जातीय संघसंस्थाले प्रदेश ४ को नाम गण्डकी राख्नुपर्ने माग गरेका छन् । क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज नेपाल, नेपाल दशनामी समाज, मुस्लिम धर्म सेवा समितिले प्रदेश ४ को सभामुख कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।जाति र समुदाय आधारमा प्रदेशको नाम नभई साझा प्राकृति सम्पदाको नाममा प्रदेशको नामाकरण गर्दा सबै जाति र समुदायले उक्र प्रदेशप्रति आफ्नो अपनत्व महसस गर्न सक्ने ज्ञापनपत्रमा उल्लेख छ ।
‘गण्डकी एउटा नदी विशेषको नाममात्र नभएर गण्डकी सम्पदाको नाम पनि हो’ ज्ञापनपत्रमा भनिएको छ, ‘सबै जातजाति र धर्म विश्वासहरु समेटिन्छन् ।’ गण्डकीको नाम इतिहास, पूराणमा पनि भएकोले यस प्रदेशको नाम गण्डकी नै उपयुक्त हुने उनीहरुको माग छ ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९