काठमाडौं, वैशाख १०। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम साता दुर्इदिने नेपाल भ्रमणका लागि आउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल आउने निश्चित भएको श्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले भ्रमण तालिका औपचारिक रुपमा सार्वजानिक भने गरेको छैन।
मोदीको भ्रमण मिति बारेमा भारतीयपक्षले पठाएको तालिकालाई प्रधानमन्त्रीको कार्यालयले अनुमोदन गरेको श्रोतको भनाइ छ।
भारतले आफू अनुकूल भ्रमणको मिति तय गरे पनि प्रधानमन्त्री ओलीले त्यसलाई अनुमोदन गरेका छन्। नेपालले मोदीलाई जेठ ११ मा नेपाल ल्याउने गरी तयारी थाले पनि अन्तिम समयमा आएर भारतले नयाँ मिति प्रस्ताव गरेको र प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकृति प्रदान गरेका हुन।
वैशाखको अन्तिममा प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्ने तयारी भए पनि मोदीको भ्रमणका कारण त्यो पर सर्ने निश्चितजस्तै भएको छ। ‘चीन भ्रमणको मिति तय भएको थिएन, त्यही बीचमा नै भारतीय प्रधामनत्री आउने प्रस्ताव आयो,’ स्रोतले भन्यो।
भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहे पनि लगभग वैशाख २८ मै भ्रमण हुने निश्चित रहेको जनाएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर समेत जाने कार्यक्रम रहेको छ। मोदी प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल आउन लागेका हुन्।
मोदीको आफ्नो भ्रमणका क्रममा पाँचवटा योजनाहरु तय भएको स्रोतका भनाइ छ। भारतीय प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलन्यास गर्नेछन्। अरुण तेस्रोको शिलान्यास केपी ओलीको भ्रमणका बेला दिल्लीमै गर्ने भनिएकोमा नेपाली पक्षले तयारी नपुगेको भनेपछि रोकिएको थियो। यस्तै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने अर्को कार्यक्रम छ। यसको तयारीका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्रीसँग भेटवार्ता गरिसकेका छन्। भारतीय प्रधानमन्त्री मोदी मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रमसमेत रहेको स्रोतले बतायो। यसैगरी काभ्रेमा भारतीय सहयोगमा बन्ने भनिएको प्रहरी एकेडेमीको पनि मोदीले उद्घाटन गर्ने कार्यक्रमबारे गृहकार्य भइरहेको सरकारी स्रोतको दावी छ। मोदी नेपाल आएका बेला ठूलो राशीको सहयोगको घोषणा हुन सक्ने नेपाली पक्षको अनुमान छ। ओली सरकारले भारतसँग त्यस्तो सहयोगको अपेक्षा गरेको सरकारी अधिकारीहरु बताउँछन्।
केपी ओलीको भारत भ्रमण तयारीबिनै हतार हतार भएकाले त्यस्तो सहयोगको घोषणा हुन नसकेको भन्दै मोदीको भ्रमणमा नेपालले आर्थिक सहयोग पाउन सक्ने अपेक्षा सरकारी अधिकारीहरुले गरेका हुन्। नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण आदान प्रदानले दुर्इ देशको सम्बन्धमा सुधार आउला कि बिग्रिएला – यो विषय भने अहिले नै टुंगो लागिसकेको छैन।
यसअघि नेपालमा संविधान जारी भएकोमा असन्तुष्ट मोदीले अघोषित नाकाबन्दी गरेपछि नेपालमा मोदीको चर्को आलोचना भएको थियो।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१