लमजुङ, १० वैशाख । वरिष्ठ कवि प्रल्हाद पोखरेललाई लमजुङमा सम्मान गरिएको छ। नयाँवर्षका अवसरमा पिङ्गल छन्द प्रतिष्ठान नेपाल लमजुङ र मखमली चिति मञ्चद्वारा एक कार्यक्रमबीच वरिष्ठ कवि पोख्रेललाई सम्मान गरिएको हो।
बेशीसहर नगरपालिका- ११ को रामचोकबेसीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक, कथाकार एवम् प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष श्रीकृष्ण न्यौपानेसहितले कवि पोखरेलाई माला, टीका, खादा र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।
२०१४ सालमा खोटाङमा जन्मिएका कवि पोखरेल पछिल्लो दिनमा काठमाडौं’मा बस्दै आएका छन्। पोख्रेलका डेढ दर्जन बढी साहित्यिक कृतिहरू प्रकाशित छन्। यात्राको गन्तव्य महाकाव्य, सारथी, कुहिराको काग, गोसाई कुण्ड काव्य तथा गीति यात्रा आदि चर्चित छन्। गृह मन्त्रालयमा अधिकृतस्तरको जागिरे भएर पनि यतिधेरै साहित्यिक कृति प्रकाशन गर्न सक्नु कवि पोखरेलेको विशेषता हो। उनको त्यही अलौकिक प्रतिभा र योगदानको कदर गर्दै सम्मान गरिएको पिङ्ल छन्द प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्यौपानेले बताए।
‘मेरो प्यारो लमजुङ बनोस् छन्दको राजधानी’ कवितात्मक पंक्ति वाचनका साथ कार्यक्रमको उद्घाटन गरेका प्रजिअ मैनालीले सम्मानित कवि व्यक्तित्वको साहित्यिक योगदानबारे प्रकाश पारेका थिए। उनले सबै व्यक्ति तथा घट्ना परिघटनामा साहित्य हुन्छ तर त्यसलाई व्यक्त गर्न सक्ने क्षमता सबैमा नहुने बताए ।
कार्यक्रमका विशेष अतिथि शारदा पोखरेल, नविन परियार, इन्दिरा सेर्ढाई, बलराम सेर्ढाई, दयानिधि सेर्ढाईसहित झण्डै दुर्इ दर्जन कविहरूले कविता वाचन गरेका थिए।मखमली चिति मञ्चका अध्यक्ष अर्जुन सेर्ढाईको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तककार विजयराज बैरागीले स्वागत, शिवकुमारी न्यौपानेले धन्यवाद र श्यामविक्रम न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९