पोखरा, १० वैशाख ।युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दुर्इ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । मन्त्री विश्वकर्माले आइतबार दलित तथा जनजाती परिवारका छोराछोरी मध्ये १ जना छात्र र १ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरे ।
उनले कास्कीको अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा -१९ घार्मी बस्दै आएका ८ वषिर्य विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वषिर्या रेखा पुनको अभिभावकत्व ग्रहण गरेका हुन् । स्थानीय महेन्द्र मा.वि मा आयोजित कार्यक्रममा मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।
भर्ना अभियानमा बोल्दैै मन्त्री वि.कले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए ।
त्यस अवसरमा मन्त्री वि.कले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहल गर्ने जानकारी दिए । मन्त्री वि.कसँग विद्यालय व्यावस्थान समितिका अध्यक्ष डुडिराज पौडेल र प्रधानध्यापक बासुदेव पौडेलले शिक्षक दरबन्दी न्यून रहेको, खेल मैदानको अभाव लगायतका विषयमा अवगत गराएका थिए । उनीहरुले मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।
जन्मथलो घार्मी पुगेका मन्त्री वि.कसँग अमला विसौनी घार्मी आलेवारी अम्बरेश्वर ग्रार्मिण सडक उपभोक्ता समिति र वृहत लामाचौर खानेपानी आयोजनाले विविध समस्याका विषयमा ध्यानकर्षण गराएका छन् । समितिका सचिव डिल्लीराम पौडेलले सडक र खानेपानी निर्माणमा बजेट विनियोजनको पहल गरिदिन अग्रह गर्दै ध्यानकर्षण पत्र बुझाएका थिए । सरकारको भर्ना अभियानलाई सघाउन र परिवारिक भेटघाटका लागि पोखरा आएका मन्त्री वि.क आइतबार नै काठमाण्डौ फर्के ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९