लेखनाथ, ९ वैशाख ।विद्यालय शिक्षाबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपरोस भनेर सरकारले ल्याएको भर्ना अभियान अन्तरगत कास्कीको जनप्रकाश माविमा अध्यनरत तीन विद्यार्थीले सामाजिक क्षेत्रका अभिभावक पाएका छन् ।
सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले राष्ट्रियस्तरमा अगाडी सारिएको योजना अन्तरगत आइतवार भएको भर्ना अभियानमा गरिव तथा जेहेन्दर तीन विद्यार्थीका छुट्टाछुट्टै ब्यक्तिले अभिभावकत्व ग्रहण गरेका हुन् ।
विद्यालयको कार्य क्षेत्रभित्र बाजागाजा सहित जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारी सहितको टोलीले स्कूल जाने अवस्थाका सवै विद्यार्थीहरुलाई विद्यालय पठाउन अनुरोध गरे ।
यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतवहादुर गुरुङले नर्सरी कक्षामा भर्ना भएकी रामवहादुर परियार र सिता परियारकी छोरी निसा परियारको अभिभावकत्व ग्रहण गरेका छन् भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङले कक्षा १ मा अध्यनरत प्रबिन नेपाली र बिना नेपालीका छोरा शिशिर नेपालीको अभिभावकत्व ग्रहण गरेका हुन् । सोही अवसरमा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णुप्रसाद तिवारीले कक्षा ६ मा अध्यनरत श्यामवहादुर परियार र विनु परियारका छोरा वारिस परियारको अभिभाकत्व ग्रहण गरेको शिक्षक हुमनाथ ढकालले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९