पोखरा, ९ वैशाख। नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकोमा शनिबार हार्दिक बधाई दिँदै सम्मान गरेको छ ।
सम्मानित मन्त्री विश्वकर्माले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ कार्यक्रम सफल पार्न समाजका वौद्धिक वर्ग शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए।
मन्त्री विश्वकर्माले निष्ठा र इमान बन्धक नराख्ने, आफूले गरेका समग्र कार्यले मतदातालाई शिर झुकाउन नपर्ने भन्दै सम्पूर्ण मतदाता र मुलुकवासीलाई आश्वस्त पार्न चाहेको बताए।
युवा तथा खेलकुदसं’ग सम्बन्धित कार्यक्रम शैक्षिक क्षेत्रसँग पनि सम्बन्धित हुने भएकाले शिक्षकले आवश्यक कार्यक्रम सरकारको नीति तथा कार्यक्रम र बजेट आउनुभन्दा अगाडि नै सुझाव दिन आग्रह गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष दीपक पौडेलले पार्टीर मुलुकको नेतृत्व गर्ने व्यक्तिले आफूलाई त्यस स्थानमा पुर्याउन शिक्षकले दिएको ज्ञान, खेलेको भूमिका लगाएको गुन नबिर्सन आग्रह गर्दै शिक्षा नीति निर्माण तथा कार्यान्वयनमा शिक्षकसँग सहकार्य गर्नुपर्ने बताए।
नवनिर्वाचित जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तीर्थराज ढकालले सञ्चालन र उपाध्यक्ष बसन्धरा पौडेलले स्वागत गरेका थिए ।
कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रममा संगठनको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई पदस्थापन समेत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९