पोखरा, ९ वैशाख । स्याङ्जा टक्सार सुवेदी समाजको अध्यक्षमा लिलाधर सुवेदी चयन भएका छन्। हालै सम्पन्न भएको सुवेदी बन्धुहरुको भेलाले सुवेदीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, उपाध्यक्ष भिमप्रसाद सुवेदी, महासचिवमा तुलसीराम सुवेदी, सचिवमा ताराप्रसाद सुवेदी, कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सहकोषाध्यक्षमा तारा सुवेदी र सदस्यहरुमा इश्वर सुवेदी, चोलाकान्त सुवेदी, जगतप्रसाद सुवेदी, हरिश्चन्द्र सुवेदी, रामप्रसाद सुवेदी, हरिकला सुवेदी र शुशिला सुवेदी छन्। बाँकी एक सदस्य पछि कार्यसमितिले चयन गर्नेछ। समाजले प्रेमराज सुवेदी, भेषराज सुवेदी, छविराज सुवेदी र मुक्तिनाथ सुवेदीलाई सल्लाहकारमा चयन गरेको छ। कार्यक्रममा सातजना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको थियो। त्यसैगरि, आजीवन सदस्य, सुवेदी कुलमन्दिर पूजा समिति, मन्दिर निर्माण समिति, ट्रस निर्माण समिति लगायतलाई सम्मान समेत गरेको थियो ।
सुवेदी समाजका जेष्ठ नागरिक ऋषिराम सुवेदीको प्रमुख अतिथि रहेको कार्यक्रममा नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान समेत गरेको थियो। कार्यक्रममा समाजद्धारा प्रकाशन गरेको नयाँ बर्ष २०७५ को क्यालेण्डरसमेत विमोचन गरिएको थियो।
समाजका अध्यक्ष लिलाधर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए। सभातित्व संस्थाका अध्यक्ष लिलाधर सुवेदीको अध्यक्षतामा सञ्चालन भएको थियो भने संस्थाका महासचिव तुलसी राम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९