हेमजा, ८ वैशाख । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफ्नो कार्यकालमा नेपालका गाउँगाउँमा खेलकुद मैदान निर्माण गर्ने उद्घोष गरेका छन्। उनले अधिकांश नेपाली मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको चर्चा गर्दै स्वास्थ्य जीवनयापनका लागि खेल महत्वपूर्ण रहने औल्याउँदै खेलकुद मैदान निर्माणमा जोड दिए।
गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ को शनिबार समापन समारोहमा बोल्दै उनले धम्पुसस्थित पृथ्वीनारायण माविको खेलमैदानको स्तरन्नति गर्न आफूले पहल गर्ने पनि बताए। उनले घान्द्रुकमा हाइ अल्टिच्यूटमा खेलिने खेल मैदान निर्माण कार्यको सम्भाव्यता अध्ययन भइरहेको पनि जानकारी दिए।
खेलकुद मन्त्री विश्वकर्माले आफूले निर्वाचन समयमा व्यक्त गरेका प्रतिबद्घता पूरा गर्न आतुर रहेको जनाउँदै इमान र निष्ठापूर्वक जनताको सेवामा लागि पर्ने दावी गरे। वर्तमान सरकारले ‘सुखी नेपालीः समृद्घ नेपाल’को अभियानलाई मूल कार्यभार ठानेको भन्दै विश्वकर्माले मौलिक सँस्कृति जगेर्ना गर्न गाउँगाउँमा हुने महोत्सव सहायकसिद्घ हुने पनि बताए।
नेकपा एमाले कास्की जिल्ला सचिव दामोदर बैरागीले पर्यटन प्रवर्द्घनका लागि स्थानीय उत्पादनमा जोड दिन धम्पुसवासीलाई आग्रह गरे।
क्लब सल्लाहकार संयोजक दलबहादुर गुरुङले क्लबको कार्य सराहनीय रहेको औल्याउँदै घट्टेखोलादेखि धम्पुससम्मको बाटो पिच गर्न तथा खेलमैदानको स्तरन्नतिमा सहयोग गर्न मन्त्री विश्वकर्मा समक्ष आग्रह गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, युवा संघका केन्द्रीय सचिव पूर्ण लामा, क्लब अध्यक्ष आसिम गुरुङ लगायतले बोलेका थिए।
‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा गत वैशाख ४ देखि शुरु महोत्सवमा विविध प्रतियोगिता तथा मनोरञ्जनात्मक क्रियाकलाप भए।
जसअर्न्तर्गत पुरुष भलिबलको उपाधि संगम युवा क्लब गल्कोट बाग्लुङले हात पारेको छ। उपाधिसँगै उसले १ लाख, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भयो।
त्यस्तै माछापुच्छ्रे गाउँपालिका-२, भुर्जङखोला दोश्रो स्थान हासिल गर्दै ७० हजारर ताराखोला गाउँपालिका-३, बाग्लुङ तृतीय हुँदै ३० हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए।
महिला भलिबलतर्फ पोखराको टप्स मावि प्रथम, माछापुच्छ्रे गाउँपालिका-८, ल्वाङ दोस्रो भएका छन्। टप्सकी लक्ष्मी कुमाल प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा माछापुच्छ्रे ८ की पवित्रा केसी फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
वेष्ट लिफ्टर टप्सकी ममता दगौडा, वेष्ट स्टाइकर र वेष्ट प्लेयरको उपाधि रुपा थापाले हात पारिन्। पुरुष भलिबलतर्फ म्यान अफ दी म्याच ताराखोला गाउँपालिका ३ का विष्णु खत्री, दोश्रो सेमीफाइनलमा म्यान अफदी म्याच माछापुच्छ्रे गाउँपालिका राजेन्द्र पोख्रेल घोषित भए।
फाइनलका म्यान आफ दी म्याच संगम युवा क्लबका पुस्कल थापा, वेष्ट ब्लकर ताराखोला गाउँपालिकाका सन्तोष बस्नेत, वेष्ट ब्लकर संगम युवा क्लबका राम पुनले हात पारे। वेष्ट लिफ्टरको उपाधि संगमका मीन सुनार र वेष्ट सर्भरको उपाधि संगमका पुस्कल थापाले हात पार्न सफल भए। उदयमान खेलाडी माछापुच्छ्रे गाउँपालिका २ का निकेश गुरुङ र वेष्ट प्लेयरको उपाधि माछापुच्छ्रे गाउँपालिका २ का राम गुरुङले प्राप्त गरेका छन्।
लोकदोहोरीतर्फ नीरमाया दोहोरी साँझ प्रथम, लोकदोहोरी प्रतिष्ठान बाग्लुङ दोश्रो, लोकदोहोरी प्रतिष्ठान कास्की तेस्रो तथा लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले सान्त्वना स्थान हात पारे।
रस्साकस्सीमा धम्पुस साविक वडा २ पहिलो, साविकको धम्पुस वडा ९ दोश्रो भए। कृषि तथा हस्तकलातर्फ गीता भण्डारी प्रथम, लालकाजी बिक दोस्रो तथा प्रेमबहादुर सुनार र सरिता भण्डारीले सान्त्वना स्थान हात पारेका छन्।
झाँकीतर्फ प्रथम माछापुच्छ्रे गाउँपालिका ८ को माछापुच्छ्रे समाज, द्वितीय प्राचीन समाज माछापुच्छ्रे ९, तृतीय साविक धम्पुस वडा २ वडाले हात पारेका छन्।
छेलोतर्फ स्याङ्जाका मिलन रानामगर प्रथम र तनहुँका अशोक बिक द्वितीय भएका छन। महोत्सवमा खानाका ४, कपडाका ३, कृषि तथा हस्तकलाका ३ गरी कुल १० स्टल रहेका थिए।
क्लबका अध्यक्ष आशिम गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोह क्लबका सचिव सुरेश सुनारले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९