लमजुङ, ८ वैशाख। लमजुङमा छुवाछुतसहितका विभेद हटाउन सहभोज कार्यक्रम गरिएको छ। सहभोजको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले उद्घाटन गरेका हुन्।
वेशीशहर नगरपालिका- २ को नरुवालमा आयोजना गरिएको भोजमा प्रमुख अतिथि पाण्डेले सबै जाति समान भएको हुनाले जातकै आधारमा विभेद गर्न नपाइने बताए।
समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहेको बताउँदै उनले जातीय छुवाछूत न्यूनीकरणका लागि जिल्लाका आठवटै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। गुमानसिंह अर्यालले खानपिनकै आधरमा जातीय विभेद भएकाले समाजमा यस्ता विकृति विसङ्तिका कार्यक्रम सञ्चालन गर्न नहुने बताए। उनले जातीय भेदभाव न्यूनीकरणका लागि नगरपालिकाले नगरपालिकाभित्रका वडामा विभिन्न यस खालका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।जागे्रनी सामुदायिक सिकाइ तथा कार्य केन्द्रको आयोजनामा आरसिडिसी लमजुङको हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा सहभोज सञ्चालन गरिएको हो।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१