हेमजा, ७ वैशाख। शुभकामना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि स्याङ्जा वालिङ युनाइटेडले जितेको छ।
शनिबार हेमजामा भएको फाइनलमा अमरसिंह व्वाइज क्लब -एबिसी) लाई ३-१ ले पराजित गर्दै उसले उपाधिसहित २ लाख २२ हजार २ सय २२ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता एबिसीले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र पायो ।
स्याङ्जाको जितमा म्यान अफ दि म्याच टिकराज गुरुङले खेल शुरुवातको ३ मिनेटमै गोल गरी अग्रता कायम गरेका थिए। त्यसपछि सञ्जु राना र अजित मियाँले गोल थप्दै जित सुनिश्चित पारेकोमा एबिसीका लागि पदम भट्टराईले सान्त्वना गोल गरेका थिए ।
आयोजक हेमजा-११ ‘ए’ अनुशासित टिम घोषित हुँदै १० हजार र ट्रफी प्राप्त गर्यो। खेलमा वालिङ युनाइेटले उपाधिमा वर्चस्व कायम गर्यो । जसमा सवोर्कृष्ट खेलाडी कृष्ण कुँवर, उत्कृष्ट कोच दिलीप थापा, उत्कृष्ट गोलकिपर राजुबावु थापा, उत्कृष्ट डिफेन्डर आशिष गुरुङ, उत्कृष्ट स्टाइगर लक्ष्मण रुचाल र सर्वाधिक गोलकर्ताको उपाधि विश्वास श्रेष्ठले चुमे । उत्कृष्ट मिडफिल्डर एबिसीका मनोज गुरुङ घोषित भए। सवोर्कृष्ट खेलाडीले ७ हजार र अन्य विधामा जनही ५ हजार साथमा ट्रफी पुरस्कार दिइयो ।
प्रतियोगिता समापनमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख बाबुराम कुँवरले खेलको स्तर वृद्धि गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । ‘प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि खेलकुदसम्बन्धी कुरा आएको छ’ उनले भने, ‘अन्तर्राष्ट्रिस्तरको एउटा रंगशाला बनाउनले तमाम खेलाडी सहभागी गराएर खेलको स्तर वृद्धि गर्न प्रदेश सरकार लागिपरेको छ।’ खेलकुद एउटा सशक्त विधा भएकोले खेल क्षेत्रको विकासका लागि राष्ट्रियस्तरबाटै बजेट छुट्टयाउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा लेखनाथ-२५ हेमजाका अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठीले बोलेका थिए।
प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको आयोजक हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए। क्लब अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोजकुमार श्रेष्ठले स्वागत तथा सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणि’ र सन्तमान श्रेष्ठले सञ्चालन गरेका थिए। प्रदेश प्रमुख कुँवरलाई सो अवसरमा कुँवर समाज हेमजाले सम्मान गरेको छ। प्रदेशशश प्रमुखलाई डबलबहादुर कुँवर, बलबहादुर कुँवर, विशालजंग कुँवर र ओमबहादुर कुँवरले त्यस क्षेत्रबारे जानकारी गराएका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९