पोखरा, ८ वैशाख । सांसद मीना गुरुङ २ जना छात्रछात्राको संरक्षक बनेकी छन् ।
नेपाल टे्रड युनियन महासंघ (जिफन्ट) की उपाध्यक्ष एवं केन्द्रीय महिला कमिटी अध्यक्ष समेत रहेकी सांसद गुरुङले शनिबार दुर्इ श्रमिक परिवारका छोराछोरीमध्ये एक जना छात्र र एक जना छात्राको संरक्षक बन्दै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरेकी हुन् ।
जसमा कास्कीको माछापुच्छे्र ६, धिताल घर भई हाल राष्ट्रिय माविबाट कक्षा ८ उत्तीर्ण केशवराज गौतम हुन् । उनका बुवा नन्दलाल गौतम मजदूरी गर्छन् । नन्दलाल र भगवतीका ५ सन्तानमध्ये छोरा केशवराज र ४ छोरी छन् ।
यस्तै, पोखरा ६, बंगलादी घर भइ हाल तालबाराही माविबाट कक्षा ७ उत्तीर्ण पवित्रा दाहालको पनि सांसद गुरुङ संरक्षक बनेकी हुन् । जयराम र रामदेवी दाहालका ३ छोरी र १ छोरामध्ये पवित्रा माहिली हुन् ।
कार्यक्रममा सांसद गुरुङले सानैदेखि आफ्नो स्वभाव अरुलाई सहयोग गर्ने रहेको सम्झदै यसरी दुर्इ जनाको भविष्य उज्ज्वल बनाउन आफूले सहयोग गरेको बताइन् । उनले धन भएरमात्र नहुने, सहयोगकोर्र् इच्छाशक्ति र चाहना पनि हुनुपर्ने बताउँदै सरकारको भर्ना अभियान आउनुअघि नै आफ्नो यसखालको योजना रहेको बताइन् । कार्यक्रम संचालन गर्दै जिफन्ट प्रदेश ४ अध्यक्ष रुद्र खत्रीले सांसद गुरुङको सह्राहनीय कार्यको प्रशंसा गरे । नेपाल राष्ट्रिय राष्ट्रिय सौर्न्दर्यकर्मी युनियनकी संस्थापक अध्यक्ष एवं हङकङ व्युटी इन्स्टिच्युटकी संचालक समेत रहेकी सांसद गुरुङको संचारकर्मी समेत परिचय छ ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९