पोखरा, ८ वैशाख । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानले ९९ औं श्रृंखला पार गरेको छ ।सो अभियानअर्न्तर्गत शनिबार फेवाताल किनार बसुन्धरा पार्कमा सरसफाइ गरियो ।
कार्यक्रममा ७ टन फोहरमैला संकलन गरिएको बृहत् सफाइ अभियानका सहसंयोजक एवं नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए ।
प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सिर्जना शर्माले उनीहरुलाई सरसफाइ एवं राष्ट्रिय भावनाको शपथ गराउँदै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, ७ का अध्यक्ष रामचन्द्र बराल, ९ का अध्यक्ष रामराज लामिछाने सहित जनप्रतिनिधिको समेत सहभागिता थियो । यसपटकको अभियानलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, पोखरा लेखनाथ महानगर सरसफाइ शाखा, पश्चिमाञ्चल होटल संघ, महिला पर्यटन व्यवसायी मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति एवं समितिको बैदाम केन्द्र, ड्यामसाइड टोल विकास संस्था, माछापुच्छे्र महिला क्लब, अभियान महिला क्लबको सहभागिता थियो ।
यस्तै, विभिन्न आमा समूहमध्ये अन्नपूर्ण, जगदम्बा, नमूना, प्रगति, खहरे, बंगलादी, ब्राहृमण, क्षेत्री, तामाङ, दलित, नवदीप, धादिङ त्रिपुरा बाराही, तालबाराही शान्ति, भलछोपुवा आमा समूह तथा जरेबर उज्ज्वल दिदी बहिनी समूह, ढोरबाराही दिदी बहिनी, मितेरी नारी समूह, बैदाम महिला विकास समाजले सहभागिता जनाए ।
यस्तै मूलथोक टोल, अम्बोट, किंमबारी टोल विकास संस्था, लेकसाइड डोजाङ, फेवा डुंगा व्यवसायी समिति, ग्रिन लेकसाइड, फेवाताल संरक्षण आयोजना प्रमुख इ. महेन्द्र गोदार, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंक्का क्षेत्रीय प्रमुख बाबुराम ढकाल, नागरिक समाज, राष्ट्रिय सम्पदाका प्रतिनिधि, सफाइ अभियन्ता, पर्यटन व्यवसायी एवं स्थानीयबासी गरी करिब ५ सय जनाको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेल, संचालन नागरिक समाज संयोजक विष्णुहरि अधिकारी र धन्यवाद ज्ञापन वडा अध्यक्ष जगतबहादुर पहारीले गरेका थिए ।
अभियान सफल पार्न पश्चिमाञ्चल होटल संघले ४ प्याकेट ग्लोब, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष एवं वडा सदस्य विष्णुबहादुर भट्टराईले २ प्याकेट ग्लोब, वडा सदस्य हरिकृष्ण पहारीले १० क्यारेट पानी, प्राडा भरतराज पहारी र उनका भाइ डा मोहन पहारीले २ प्याकेट ग्लोब दिएर सहयोग गरेका थिए ।
यसैबीच, १०० औं हप्ताको श्रृंखला भव्य बनाउन आगामी शनिबार महानगरका ३३ वटै वडामा एकैपटक सरसफाइ सुरु गरिने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९