पोखरा, ८ वैशाख । नेपाल विद्यार्थी संघ, कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्तता अन्त्य भएको छ ।
करिब ९ वर्षको विवाद र डेढ वर्षको नेतृत्व रिक्तता अन्त्य गर्दै शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त गरेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् ।
संगठन विस्तार गरी ३ महिनाभित्रै जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारी सहितको नियुक्ति पत्र शुक्रबार पठाइएको हो । ‘वर्षौदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिविधि कमजोर भैरहेको थियो,’ अध्यक्ष महरले भने, ‘रिक्त पदपूर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् ।
नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेविसंघको कार्यवाहक सभापति भएर काम गरिसकेका छन् । २०६० देखि विद्यार्थी राजनीतिमा सक्रिय थापा २०६७ सालमा नेविसंघ कास्कीको सदस्य बनेका थिए ।
२०६९ मा कास्की नेविसंघ कोषाध्यक्ष, २०७० क्याम्पस समन्वय समितिको सभापति, २०७१ मा कास्की नेविसंघको उपसभापति हुँदै २०७२ कार्यबाहक सभापति भएर काम गरेका छन् । उनी हाल पोखरा विश्वविद्यालयमा एमविए अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९