पोखरा ८ वैशाख। सुदूरपश्चिम सम्पर्क एवम् विकास समाज पोखराको नयाँवर्ष शुभकामना तथा क्यालेण्डर लोकार्पण कार्यक्रम शनिवार सम्पन्न भयो।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला तथा समाजका अध्यक्ष प्रा.डा. नारायण सिंह गुरुङले संयुक्त रुपमा क्यालेण्डरको लोकार्पण गरेका थिए।
त्यस अवसरमा प्रमुख आमन्त्रित बास्तोलाले सुदूरपश्चिम सम्पर्क तथा विकास समाजले पोखरामा आयोजना गरेका विभिन्न कार्यक्रमको स्मरण गर्दै सामाजिक सद्भाव विकासमा समाजले उल्लेख्य योगदान पुर्याएको बताए। उनले हरेक समाजले आÇनो मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
समाजका सल्लाहकार प्रा.डा. अक्कलदेव मिश्रले समाजहरुबीच अन्तर घुलनको आवश्यकता रहेको उल्लेख गर्दै नश्ल सुधार गरी भौगोलिक विभेदको अन्त्य गर्नुपर्ने बताए। सल्लाहकार डा. खेमराज जोशीले सम्पर्क समाजले सुदूरपश्चिमका संास्कृतिक धरोहरका तस्वीरसहितको क्यालेण्डर प्रकाशनमा ल्याएकोमा खुसी व्यक्त गरे।
सल्लाहकार मोहनचन्द ‘राजन’ले समाजका गरीब तथा जेहेन्दार एक जना विद्यार्थीलाई आफूले छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै हरेक विकासको मुहान शिक्षा भएको बताए।
क्यालेण्डर प्रकाशन समितिका सदस्य हरेन्द्रप्रसाद जोशीले प्रकाशनमा कुनै त्रुटी भए सुझाव दिन आग्रह गरे।
कार्यक्रममा अध्यक्षको आशनबाट समाजका अध्यक्ष प्रा.डा. नारायण सिंह गुरुङले समाजका नियमित कार्यक्रमलाई नौलो प्रकारले प्रस्तुत गरिने बताए। साथै उनले सदस्यको निरन्तर साथको अपेक्षा गरे। सदस्य चित्रा जोशीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव निरज पन्तले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९