पोखरा, ८ वैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा-१३ ले शनिवार वातावरण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी एकदिने तालिम गरेको छ ।
संस्थाका सदस्यलाई वातावरणको महत्वबारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उद्देश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागी थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए ।
तालिम उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा १३ का वडा अध्यक्ष दर्शन लामाले वडालाई फोहोरमैला मुक्त बनाउन सबैको सहयोग आवश्यक भएको उल्लेख गरे ।
भगवती हाइड्रोपावरका निर्देशक इञ्जिनियर वसन्तमोहन भट्टराईले स्वस्थ्य वातावरणका लागि फोहोरमैला व्यवस्थापन मुख्य आवश्यकता भएको बताए ।
महिला तथा बाल कल्याण कुञ्जकी पूर्व अध्यक्ष उषा सिग्देलले संस्थाले समाजको आवश्यकता हेरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताइन्।
कार्यक्रममा पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल, संस्थाका सल्लाहकार ज्ञानेन्द्रप्रसाद सिग्देल, पृथ्वीधर सिग्देल समाजका पूर्व अध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्की, नेपाल परिवार नियोजन संघका सभापति अर्जुन सिग्देल, संस्थाका सदस्य सत्यदेवी खनालले बोलेका थिए ।
महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तिदेवी सिग्देलले स्वागत र सचिव मैया सिग्देलले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९