काठमाडौं, ६ वैशाख । प्रदेश सांसदमा निर्वाचितपछि पूर्ववर्ती फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रदेश ४ अन्तर्गत मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) पक्राउ परेका छन् । उनलाई काठमाडौंको स्वयम्भूस्थित तीनधाराबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
मनाङ्गेलाई स्वयम्भू तीनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।
मनाङेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई ५ वर्ष कैद सजाय तोकेको थियो । गत माघमा सवोर्च्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।
मनाङ्गे गत प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भए लगतै अदालतको कैद सजाय सार्वजनिक भएपछि उनी सांसदको सपथ नै हुन नपाई फरार बनेका थिए ।
२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सवोर्च्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।
उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै टोली खटिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे २ वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९