पूर्वप्रधानन्यायाधीशको अवहेलनासम्बन्धी मुद्दा खारेज

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५

काठमाडौँ, ६ वैशाख  : सवोर्च्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो। अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए।

प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो। तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेर हदका कारण उनको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आज गुरुपूर्णिमा पर्व मनाइँदै

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य,…
  • ‘मनसुन फोटो वाक’ मा पत्रकार

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक–२०२४ गरेको छ । शनिबार पोखरा १६, अमला बिसौनीदेखि फोटो खिच्दै…
  • पहिरोपीडितलाई युनाइटेडको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा ३२ चैनपुर, पोखरा २७…
  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…

hero news full width