पोखरा, ७ वैशाख। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको छैटौं अधिवेशन शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गभर्नर धनराज आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो साढे १२ देखि स्वागत, किट वितरण कार्यक्रम र साढे २ बजे अधिवेशन उद्घाटन हुने कार्यक्रम छ। अधिवेशनको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ।
शुक्रबारै पहिलो प्लेनरी बेलुकी साढे ७ बजे बिज्नेस बैठक चल्ने बताइएको छ।
शनिबार बिहान पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा भेला भई क्लबहरुको उत्कृष्ट ब्यानरसहितको परेड शुरु गरी पोखरा सभागृहमा विशेष स्वागत कार्यक्रम आयोजना गर्नुका साथै दोस्रो प्लेनरी अर्थात निर्वाचन कार्यक्रम हुनेछ। अधिवेशनमा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक अरुणा अभि ओसवालको पनि उपस्थिति रहनेछ । यस्तै दृष्टिविहिन क्षेत्रमा नेपालमै उत्कृष्ट योगदान पुर्याउन सफल सृष्टि केसी, एलसी किनोट स्पिकरको रुपमा रहने छन्।
आयोजकका अनुसार एलसीआइएफ एरिया लिडर एवम् मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुलाकोटी, जीएमटी एरिया लिडर खगेन्द्र सिटौला लगायतको उपस्थिति रहनेछ।
नेपालभित्र रहेका अन्य तीनवटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर साथै ३२५ बी वान डिष्ट्रिक्टअन्तर्गतका डिष्ट्रिक्ट पदाधिकारी, सम्पूर्ण लायन र लियो क्लब सदस्यको विशेष उपस्थिति रहने बताइएको छ। शनिबारै मतदान र गणना गरी लायन वर्ष २०१८/०१९ का लागि लायन तथा लियोको नतिजा घोषणा गरिने कार्यक्रम छ।
कुल ३ सय ३३ लायन्स क्लब र १० हजार ५ सय १४ सदस्य संख्या रहेको ३२५ बी वान डिष्ट्रिक्टको वर्ष २०१८/०१९ का लागि योग्य मतदाता ७ सय ३२ छन्।
डिष्ट्रिक्ट गभर्नरसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर १ र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि १ पदमा निर्वाचन गर्ने व्यवस्था छ। डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरर्र् इन्दु लम्सालले ‘एस भोट’ लिनुपर्ने छ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९