लमजुङ, ६ वैशाख। सदरमुकाम वेशीशहरमा म्याद नाघेका सामग्री भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाला निकायले गरेको अनुगमनमा म्याद नाघेका र गुणस्तरहीन सामान भेटिएको हो ।
पसलवालाहरूले एक दुर्इ दिनअघि मात्रै पसलमा खरिद गरी ल्याएका खाद्य सामग्रीसमेत म्याद नाघेका पाइएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए।
मैनालीको नेतृत्वमा जिल्ला प्रहरी, पशु सेवा कार्यालय, स्वास्थ्य इकाइ, राष्ट्रिय उपभोक्ता मञ्च, सञ्चारकर्मी सम्मिलित टोलीले बजार अनुगमन गरेको हो। उपभोक्ता र व्यापारी दुवैमा सामग्रीको म्यादका विषयमा चासो नहुने भएकाले दुर्गम क्षेत्रमा म्याद नाघेका सामग्री सहजै बिक्री हुने गरेको अनुगमन समितिका सदस्य एवम् राष्ट्रिय उपाभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्बर अधिकारीले बताए। उनका अनुसार अनुगमन दालमोठ, लेज, बिस्कुट लगायतको जंकफुड तथा खाद्यवस्तुको म्याद गुज्रिसकेको र केही खाद्य सामग्रीको उपभोग्य म्याद नै नभएको भेटिएको छ। अनगुमनमा म्याद गुज्रेका सामग्री फेला परेको केही पसलमा अनुमति विना मदिरा तथा अन्य सामग्री वेचविखन गरेको भेटिएको थियो। प्लास्टिक बोतलका कोकाकोला, फेन्टा, जुसलगायतका पेय पदार्थको समेत म्याद गुज्रिएको भेटिएको अनुगमनका अर्का सहभागी पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले बताए। अनुगमन गरिएका प्रायः पसलमा रहेका अधिकांश सामग्री म्याद गुज्रिएका र अखाद्य भइसकेको भेटिएको थियो। बरामद गरिएका ती सामग्रीहरूलाई नष्ट गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।
मूल्यसूची नभएका पसललाई अनिवार्य मूल्यसूची टास्न सुझाव दिनुका साथै सरसफाइमा विशेष ध्यान दिन सुझाएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए। म्याद नाघेका सामग्री खरिद बिक्रीले आमनागरिकको स्वास्थ्यमा असर परेको भन्दै त्यसबाट सतर्क गराउन र कालोबजारी रोक्न बजार अनुगमन गरिएको मैनालीको भनाइ छ। बजार निरीक्षकले जुनसुकै समयमा पनि बजार अनुगमन गर्न सक्ने र अनुगमनमा अवैध रूपमा पसल सञ्चालन गरेको भेटिए बन्द गर्ने सम्मको अधिकार रहेकाले व्यवसायीलाई ध्यान दिन प्रजिअ मैनालीले निर्देशन दिएको बताए। अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले आफूले उपभोग गर्ने सामग्री बारेमा उपभोक्ता पनि जागरुक हुन जरुरी रहेको बताए। उनले भनेे उपभोक्ता जागरुक नहुँदासम्म अनुगमनले मात्रै पुग्दैन। उनले लमजुङ उद्योग वाणिज्य संघ, विभिन्न व्यापारी व्यवसायी लगायतलाई म्याद गुज्रेका सामग्रीको प्रयोग गर्न नहुनेबारे जानकारी गराउँदा समेत बजारमा अत्याधिक मात्रामा म्याद गुज्रिसकेका खाद्य सामग्री भेटिएको बताए। उनका अनुसार अनुगनका क्रममा दर्ता नभएका पसललाई २ साता भित्र दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।
महिनामा २ पटक अनुगमन गर्नुपर्ने प्रावधान भएता पनि वेमौसमी अनुगमन भएको उपभोक्ताले गुनासो गरेका छन्।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९