प्राविधिक शिक्षाका लागि महायज्ञ

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
Mahayagya Pressmeet

पोखरा, ६ वैशाख। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोकस्थित शुक्लागण्डकी माविमा यही वैशाख ११ देखि शुरु हुने विराट शैक्षिक श्रीमद्भागवत् धनधान्याचल महायज्ञको तयारी तीव्र पारिएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महायज्ञबाट करिब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविलाल पोखरेलले जानकारी दिए ।

उनले प्राविधिक शिक्षालय स्थापनाका लागि विभिन्न श्रोत पहिचानमध्ये शुरुको रोजाईमा महायज्ञ परेको स्पष्ट पारे ।

विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले कुन विषयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्नेबारे प्राविधिक शिक्षा समन्वय तथा सहयोग संस्था गठन गरिएको र पछि विज्ञसँग पनि सल्लाह लिइने जानकारी दिए ।

महायज्ञ मूलआयोजक समितिका सचिव रमेश नेपालीले महायज्ञमा धेरै दाताको सहभागिता रहने वातावरण बनेको बताए।

महायज्ञमा प्रमुख वाचक युवापण्डित कमलनयन गौतम रहनेछन्।

महायज्ञ तयारीका लागि १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति र ७५ वटा विभिन्न उपसमिति गठन गरिएको बताइएको छ। महायज्ञ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ।

२०३७ सालमा भकारीको बार र खरको छानोबाट अध्ययन अध्यापन शुरु गरेको शुक्लागण्डकी माविले २०३८ मा कक्षा ८ सम्म, २०४० मा कक्षा १० सम्म र २०६६ बाट उच्च मावि कक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो। विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ३ सय १० जना विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width