काठमाडौँ, ६ वैशाख : नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन्।
नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले भने, “लोकतन्त्रमाथि खतरा आउन शुरु भइसकेको छ, मुलुकमा समस्या देखिन थालेको छ, यसको प्रतिकारको जिम्मा नेविसंघको काँधमा छ।”
कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेविसंघमा लागेपछि विद्यार्थीको पहिलो कर्तव्य पठनपाठन नै भएको भन्दै त्यसपछि मात्र आफ्नो पार्टीआस्था र आदर्श हुनुपर्ने धारणा व्यक्त गरे।
नेपालको जनसंख्याको ६० प्रतिशत ४० वर्षमुनिका जनता आगामी निर्वाचनमा मतदाता हुने भएकाले नेविसंघले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले आफू गुट/उपगुटको विरोधी भएकाले नेविसंघले पनि यस्तो प्रथाको अन्त्य गरी काँगे्रसलाई हाँक्न दबाब दिनुपर्नेमा जोड दिए।
काँगेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले विधिविधानलाई अवलम्बन गरी अघि बढ्न नेविसंघलाई आग्रह गर्दै देशको अप्ठयारो परिस्थितिको सामना गर्नुपर्ने बताए।
काँगे्रसले निर्वाचनका समयमा भन्दै आएको अधिनायकवादको खतरा अहिले देखिन थालेको छ, उनले भने, “सबै अभिशिष्ट अधिकार प्रधानमन्त्री कार्यालयमा सार्न थालिएको छ, न्यायालय, महालेखालगायत सबै क्षेत्रमा हस्तक्षेप हुन थालेको छ, पे्रसमाथि पनि नियन्त्रण हुने दिन टाढा छैन।”
नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालाले काँगे्रसको सभापतिदेखि सबै तहमा नेविसंघद्वारा उत्पादित नेताहरू रहेको हुँदा पनि नेविसंघको दुर्दशा हुनु दुःखद् भएको बताए।
काँग्रेस नेता एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, डा प्रकाशरण महत, शंकर भण्डारी, एनपी साउदलगायतले निर्वाचनमा कमजोर देखिएको काँगे्रसलाई बलियो बनाउने जिम्मा नेविसंघको काँधमा आएको बताए।
पार्टीभत्रको गुटबन्दी खारेज नभएसम्म नेविसंघलगायतका अन्य भातृ संगठनमा पनि असर परिरहने भएकाले पार्टीकाई मजबुत बनाउनेमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनीहरूले जोड दिए।
नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टीका नेताहरूले नेविसंघलाई बेवास्ता गरेको गुनासो गरे।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९