पोखरा, ६ वैशाख। ओम डेभलपमेन्ट बैंकले पर्यटकीय गाउँ घान्द्रुकमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ।
प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँंवरले मेश्रम बाराह माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शाखारहित बैंकिङ सेवाको विधिवत उद्घाटन गरे।
विकास बैंकहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ।
बैंकको सञ्जाल विस्तार गरी ग्राहकलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ सेवा शुरु गरिएको र यसबाट बैंकिङ सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए।
सो सेवाको लागि बैंकले आफ्नै कर्मचारी विवेक गुरुङलाई नियुक्त गरेको छ। यस सेवाअन्तर्गत ग्राहकले बैंकको बायोम्याटि्रक्स ट्याब्लेट मेसिनबाट प्रतिदिन २ लाखसम्म निक्षेप जम्मा गर्न र १ लाखसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकबाट कर्जाको फाइल संकलन गर्नेछ।
मर्चेन्ट पेमेन्ट सुविधाअन्तर्गत डिस होमको रिचार्ज गर्न, मोवाइलको बिल भुक्तानी तथा रिचार्ज गन, सक्नेछन् भने चाँडै नै बिजुली बत्ती तथा अन्य बिल भुक्तानी गर्ने सुविधा पनि शुरु गरिनेे प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।
कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रकुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेसिनबाट ४ सय २१ कर्मचारीद्वारा २ लाख ३१ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको, निःशुल्क सि-आश्वा सेवा, बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेको बताए।
बैंकले चैत मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९