पोखरा, ६ वैशाख। लोकदोहोरी गायक प्रजापति पराजुलीलाई गन्तव्य धम्पुस महोत्सवमा सम्मान गरिएको छ ।
लोकदोहोरी संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याएकोमा आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेको थियो ।
प्रदेश सदस्य इन्द्रधारा बिष्ट, लालीगुराँस युवा क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई बिहीबार महोत्सव स्थलमा सम्मान गरेका हुन् ।
यता, महोत्सवमा बिहीबार पुरुष भलिबलतर्फ ४ खेल सम्पन्न भए । पहिलो खेलमा माछापुच्छ्रे ६ लाई अन्नपूर्ण ९ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
दोश्रो खेलमा बाग्लुङ गलकोटले वाकओभर पायो भने तेस्रोमा पनि माछापुच्छ्रे ९ ले वाकओभार पाउँदै अघिल्लो चरण प्रवेश गर्यो ।
चौथो खेलमा पञ्चासे आदर्श क्लबलाई हराउँदै ताराखोला गाउँपालिका बाग्लुङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो भने अन्तिम खेल माछापुच्छ्रे १ र २ बीचको खेल खराब मौसमका कारण रद्ध हुन पुग्यो।
लोकदोहोरीतर्फ नीरमाया दोहोरी साँंझले दौतरी दोहोरी साँंझलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।
त्यस्तै शिखर दोहोरी साँंझले विन्दवासिनीलाई पराजित गर्यो भने अन्तिममा स्याङ्जा दोहोरीगीत प्रतिष्ठानले नेत्रनारायण पराजुलीको समूहलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो।
लोकदोहोरीतर्फ शर्मिला गुरुङ, पार्वती जिसी, शिवहरि ढुंगाना, जीवन दाहाल, तारापति सुवेदी, शंकर विरही गुरुङ, श्रीराम अधिकारी, रमा राना, सुरेन्द्र गुरुङ र दीपक थापाको विशेष प्रस्तुति रहेको थियो।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९