पोखरा, ६ वैशाख। नेपाल सरकारले २४ वर्षदेखि निरन्तर रूपमा खुवाउँदैआएको भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि बिहीवार देशभर खुवाइएको छ।
बाल मृत्युदर घटाएर बाल स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले जारी कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने गरिन्छ । सन् १९९३ देखि शुरु कार्यक्रम सन् २००४ मा आएर देशभरी नै सञ्चालन हुँदैआएको हो ।
यसैक्रममा लामाचौर स्वास्थ्य चौकी वडा १९ ले ५ सय ९ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाएको जनाएको छ । सोही अवसरमा ४ सय ७० जना बालबालिकालाई जुकाको औषधिसमेत खुवाइयो ।
कार्यक्रम उद्घाटन गर्दै निमित्त वडा अध्यक्ष कृष्णप्रसाद गौतमले दुर्इ दिनसम्म चल्ने उक्त कार्यक्रममा सबै बालबालिकालाई क्याप्सुल खुवाउन अनुरोध गरे।
महिला स्वास्थ्य स्वयंसेविकामार्फत् कार्यक्रम अवधिसम्म ९ सय जना भन्दा बढी बालबालिकाले क्याप्सुल र जुकाको औषधि खाने लामाचौर स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र सुनारले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९