पोखरा, ६ वैशाख । नयाँ वर्ष अवसरमा उत्प्रेरणा सांगीतिक मञ्चमा सय भन्दा बढी बालबालिकालेे प्रतिभा देखाएका छन् ।
जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूलले आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना बालबालिकाले विभिन्न प्रस्तुति राखेको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनित जोजिजूले बताए।
विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा रुची बढाउने उद्देश्यले चित्रकला, गीत संगीत, नृत्य, उत्प्रेरणा जगाउने, उद्घोषण लगायत कृयाकलाप सिकाउने उद्देश्यले तीन हप्ते कोर्ष पूरा गरेसँगै प्रतिभा प्रस्फुटन गरिएको जोजिजूले बताए।
सेन्टरका संरक्षक योगमाया जोजिजूले कार्यक्रमको उद्घाटन गरेकी हुन। अभिभावक गोपालप्रसाद भुषालले छोटो समयमा पनि बालबालिकाले उत्कृष्ट प्रतिभा प्रष्फुटन गर्नुले उनीहरुमा धेरै सम्भावना भएको विश्वास व्यक्त गरे।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष लोकगायक पदमराज ढकालले सेन्टरले नयाँ प्रतिभा तथा कलाकार उत्पादन गर्नमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। उक्त अवसरमा विश्वकै कम उमेरका ड्रमर उत्प्रेम जोजिजूले समेत आफ्नो प्रस्तुति राखेका थिए।
कार्यक्रममा कला प्रदर्शनी समेत भएको थियो भने ५ वषीय बालिका पल थापाले कलात्मक ढंगले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
सानु जोजिजू, गोविन्द थापा, राजु गुरुङ, डेडिज खड्की, वीनित जोजिजू लगायतले प्रशिक्षण गराएका थिए। सो कोर्ष पूरा गरेका बालबालिकालाई संगीतकर्मी श्यामलाल श्रेष्ठ, प्रबन्ध निर्देशक वीनित जोजिजु, स्कूलका व्यवस्थापक सानु जोजिजू लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९