काठमाडौं, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टीएकताको घोषणा सम्भावना लगभग टरेको छ ।
दुर्इ पार्टीबीच सहमति हुन बाँकी केही विषयमा सहमति बनी नसकेकोले यसअघि तय भएको समयमा एकताको औपचारिक घोषणा नहुने भएको हो । मिल्न बाँकी विषयमा सहमति जुटाउन मंगलबारको बैठकले पुनः दुर्इ दलका शीर्ष नेताहरुलाई दिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकताअघि सहमतिको प्रयास गर्ने भनिएको छ । यद्यपि नेताहरुको व्यस्तताका कारण टुंगो लाग्न सम्भव नभएकोले अको बैठकले एकताको घोषणा मिति तय गरिने जनाएको छ । संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता घोषणाका लागि अब समय अभाव हुने बताए । ‘९ गतेका लागि समय नपुग्ने देखियो’ बैठकपछि श्रेष्ठको भनाइ थियो ।र संरचनागतसम्बन्धी प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुर्इ अध्यक्षलाई दिएको छ । ‘प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा दुर्इ अध्यक्षलाई दिएका छौ,’ श्रेष्ठले भने, ‘प्रतिवेदनमाथि सुझाव सहित उहाँहरुले एकता संयोजन समितिमा पेश गर्नुहुनेछ ।’ प्रतिवेदन परिमार्जन गर्ने समय भने तोकिएको छैन ।बैठकपछि एमाले महासचिव एवं रक्षा मन्त्री इश्वर पोखरेलले पनि घुमाउरो रूपमा ९ गते एकता नहुने बताए । उनले नेताहरु विद्यार्थी भर्ना अभियानमा सहभागिताका लागि काठमाडौं बाहिर रहने बताए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९