हेमजा, ४ वैशाख ।’धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा मंगलवारदेखि गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ शुरु भएको छ ।
महोत्सव उद्घाटन गर्दै प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकासको मुख्य आधार पर्यटन भएको बताए ।
मन्त्री लम्सालले प्रदेशको नीति तथा कार्यक्रममा पर्यटनपछि उर्जा, कृषि र उद्योगलाई प्रदेश विकासको सूचकको रुपमा प्राथमिकीकरण गरिएको चर्चा गर्दै पर्यटन व्यवसायलाई उद्योगका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
मन्त्री लम्सालले धम्पुस गाउँ पर्यटकका लागि सुपरिचित नाम रहेको जनाउँदै अब प्रदेशले पर्यटन प्रवर्द्घनका लागि होमस्टे अवधारणलाई पनि अगाडि बढाउने स्पष्ट पारे । मन्त्री लम्सालले चालु वर्षमा प्रदेशले लगानी सम्मेलन गर्ने तयारी थालेको पनि जनाए । उनले प्रदेश सरकारले केन्द्रीय सरकार र स्थानीय सरकारबीच सेतुको काम गर्ने स्पष्ट पार्दै भत्केका पदमार्गको व्यवस्थापनमा प्रदेश सरकार चनाखो रहेको स्पष्ट पारे।
माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकालाई समृद्घ बनाउने योजनामा आफूहरु रहेको जनाए ।
अध्यक्ष गुरुङले प्राथमिकीकरण गरेर शुरुमा पर्यटन त्यसपछि क्रमशः जलस्रोत, कृषि तथा मानव संशाधनको विकास गरेर गाउँपालिकालाई समृद्घ पार्न खोजिएको स्पष्ट पार्दै आफूले चुनावमा गरेका प्रतिबद्घता पूरा गर्ने वचनबद्घता व्यक्त गरे ।
गाउँपालिकाभित्रका ग्रामीण सडक बाह्रै महिना सञ्चालन गर्न सक्ने बनाउन यतिबेला गाउँपालिका लागिपरेको उनको भनाइ थियो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले अब राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै पर्यटन प्रवर्द्घनका लागि प्रदेश सरकारसँग सहकार्य गर्न अन्नपूर्ण गाउँपालिका तयार रहेको बताए । कुँवरले गाउँ छोडी शहर झर्ने परम्पराको अन्त्य हुनुपर्ने भन्दै अन्नपूर्ण गाउँपालिका वास्तविक पर्यटकको आकर्षणको केन्द्र रहेको दावी पनि गरे।
वडा अध्यक्ष एवं आयोजक क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङले धम्पुस पर्यटकीय ठाउँ भएको चर्चा गर्दै धम्पुसको पर्यटन प्रवर्द्घनमा धेरै कार्य गर्न बाँकी रहेको औल्याए । उनले स्थानीय घट्टेखोलादेखि धम्पुससम्मको मोटरबाटो पींच गर्न प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए।
महोत्सव उद्घाटनका दिन लोकदोहोरी कलाकार शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, काजल गुरुङ र कृष्ण गुरुङले प्रस्तुति राखेका छन् ।
बुधबारबाट महिला तथा पुरुष भलिबल, खुला लोकदोहोरी गीत प्रतियोगिता, कृषि तथा हस्तकलाका प्रदर्शनी, लाइभ कर्न्र्सट, छेलो हान्ने लगायत प्रतियोगिताहरु हुने जनाएको छ ।
स्थानीय पृथ्वीनारायण माविको खेलमैदानमा जारी उक्त महोत्सव सम्पन्न गर्न २५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ । क्लबका अध्यक्ष आशिम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम क्लबका सचिव सुरेश सुनारले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९