लेखनाथ ४ वैशाख । नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको छैटौं दिन दानवीरको उल्लेख्य सहभागिता हुनुका साथै दान रकममा पनि वृद्धि हुन गएको छ ।
नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखाको आयोजनामा पोखरा लेखनाथ महानगरपालिका वडा ३०, पावरहाउसमा जारी सो महायज्ञमा मंगलबार प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरिक भए ।
उनले सामाजिक र शैक्षिक उद्देश्य राखेर मूल्य मान्यता संरक्षण एवं राष्ट्रिय पहिचानसँगै सांस्कृतिक जागरणको लागि गरिएको महायज्ञले लिएको उद्देश्य पूरा गराउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भारी वर्षाबीच पनि यज्ञस्थलमा भक्तजनको घुइँचो बढेको भन्दै रेडक्रस सोसाइटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले सम्पूर्णमा आभार व्यक्त गरे।
बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ भएको महायज्ञमा दानदाताले मन फुकाएर सहयोग गरेका छन् ।
मंगलवारमात्र ६ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । हालसम्म महायज्ञमा करिब २४ लाख ७५ हजार रुपैयाँ संकलन भइसकेको प्रचारप्रसार संयोजक दीपकराम ढेवाजुले जानकारी दिए।
मंगलवार महायज्ञमा पोखरा पृथ्वीचोक निवासी समाजसेवी शोभा भुजेल र उनको परिवारबाट १ लाख ११ हजार १ सय १७ रुपैयाँ दान गरिएको छ ।
यस्तै, पोखरा ३०, रामबजारका रामबहादुर थापा र उनकी श्रीमती तारा थापा, छोरी सविना, छोरा सञ्जयसहितको परिवारजनबाट ३५ हजार १ सय ११ रुपैयाँ, सोही स्थानको नारी विकास आमा समूहबाट २८ हजार १ सय ११ रुपैयाँ सहयोग भएको छ ।
पोखरा २९, भण्डारढिक निवासी कृष्णराम भण्डारीले २० हजार १ सय रुपैयाँ सहयोग गरे भने वडा ३०, रामबजारकै विष्णु पौडेल र उनको परिवारजनबाट ५० हजार १ सय ११ रुपैयाँ, सोही ठाउँकै तारा थापाद्वारा ३५ हजार १ सय ११, वडा ३० खुँदीकी प्रेमकुमारी पौडेल र उनको परिवारबाट ३३ हजार १ सय १ रुपैयाँ दान गरिएको छ ।
यस्तै, नेपाली काँग्रेस जिल्ला कार्यसमिति कास्कीबाट २५ हजार ५ सय ५५ रुपैयाँ, गोगन माध्यमिक विद्यालय शिक्षक/कर्मचारीबाट २५ हजार ८ सय रुपैयाँ, वडा २९ मुसेटुडा नयाँवस्ती अमृत टोल विकास संस्थाबाट १० हजार ५५ रुपैयाँ, रुपा बहुउद्देश्यीय सहकारी संस्था गगनगौंडाबाट १० हजार ५५ रुपैयाँ, गगनगौडाकै नवआदर्श आमा समूहबाट १० हजार ५५ रुपैयाँ, वडा ३०, पावरहाउसका टेकबन्धु अर्यालबाट २५ हजार ५ सय ५५ रुपैयाँ लगायत विभिन्न संघसंस्थाबाट महायज्ञमा सानो ठूलो रकम सहयोग भएको महायज्ञ संयोजक विश्वमोहन पौडेलले जानकारी दिए ।
मंगलबार महायज्ञमा सभा नायकमा नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखा २९ र ३० का एशोसियट सदस्य समाजसेवी मित्रलाल लामिछाने, वडा ३० रामबजार निवासी समाजसेवी तारा थापा रहेका थिए ।
गत चैत २८ देखि शुरु महायज्ञ बुधबार सकिँदैछ । महायज्ञमा भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा धार्मिक प्रवचन दिँदै आएका छन् ।
महायज्ञको अन्तिम दिन आयोजकले दान रकम संकलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९