पोखरा, ४ वैशाख। जिल्ला प्रशासन कार्यालय कास्कीले चालु आवको ९ महिनामा भएका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
गत साउनदेखि चैत मसन्तसम्म यस अवधिमा भएको कार्य प्रगति विवरण पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
जसमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहीत रुपमा सम्पन्न गराउन सफल भएको, राष्ट्रिय सभा निर्वाचन समेत सम्पन्न गर्न समन्वयकारी भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ ।
यस्तै प्रादेशिक सरकारका लागि आवश्यक भौतिक पूर्वाधार, संरचना निर्माण तथा व्यवस्थापनमा सक्रिय रुपमा सहजीकरण गरेको, बजार अनुगमन विगतको तुलनामा सक्रिय बनाई करिब ९ सय वटा र्फममा अनुगमन गरिएको बताइएको छ । अनुगनमा ६ लाख २८ हजार रुपैयाँ’ जरिवाना असुली गर्नुका साथै उपभोक्ताको अहित पुर्याउने तथा मापदण्डविपरीत पाइएकोलाई मौखिक तथा लिखित स्पष्टिकरण लिइएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
यस्तै विभिन्न सरकारी कार्यालयमा बिचौलिया प्रवेशमा निषेध गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना, कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धमा सूचनामूलक मोवाइल एप्लिकेशन निर्माण गरिएको उनले बताए ।
उनले जिल्लाको शान्तिसुरक्षा कायम राख्नुका साथै विकास निर्माण तथा सरकारी जग्गा संरक्षणमा स्थानीय तहलाई सघाएको बताए ।
उनले संघीय सरकारबाट प्राप्त निर्देशक प्रभावकारीरुपमा लागू गर्दैआएको, विधिको शासनबाट शान्ति सुव्यवस्था कायम गर्दैआएको बताए ।
यस्तै, कार्यालयमा अशक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई सेवा प्राप्तिमा सहजीकरण गर्न समर्पित रुपमा महिला र पुरुष एक-एक कर्मचारी तोकिएको, निःशुल्क पिउनेपानी लगायत व्यवस्था मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९