पोखरा, ४ वैशाख। रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब अफ डोनफिल्ड युकेद्वारा निर्माणाधीन रुपा गाउँपालिकास्थित पृथ्वी रुपा माविको भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ।
विद्यालय भवन निर्माण गर्न करिब ७० लाख रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । सो भवन वैशाख ७ मा हस्तान्तरण गरिने कार्यक्रम छ ।
रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी गिरी र रोटरी क्लब अफ डोनफिल्ड युकेका सिनियर भाइस पेसिडेन्ट रव ब्यारोनले सो दिन विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्ने छन्।
रोटरी ३२९२ का पूर्व गभर्नर तीर्थमान शाक्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भद्रबहादुर क्षेत्री, प्रधानध्यापक महादेव सुवेदी, गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एवं समुदायका व्यक्ति, शिक्षकको रोहवरमा विद्यालय हस्तान्तरण गरिने फिस्टेल फण्डका कोओर्र्डिनेटर एंव रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले जानकारी दिए ।
हाल विद्यालयको भवन भुइँचालोले क्षत्रि्रस्त पारेपछि नयाँ भवन निर्माण कार्य शुरु गरिएको संयोजक रमाकान्त बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९