पोखरा, ३ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्इ पार्टीमिलेर सिंगो नेपाल कम्युनिष्ट पार्टीबनाउने भन्दै चुनावमा जितेर आएका एमाले र माओवादी केन्द्रलाई कम्युनिजम् कस्तो हुन्छ लागू गरेर देखाउन चुनौती दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति-४ को आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले अब कस्तो कम्युनिज्म हुन्छ आफू हेर्न आतुर रहेको उल्लेख गरे ।
‘कम्युनिष्ट लोकतन्त्रको भर्याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भर्याङ बिर्सन्छ । यस्तो चरित्र कम्युनिष्टले देखाउँछन्,’ पौडेलले भने, ‘कम्युनिष्टले जहिले पनि कर्मचारीतन्त्रलाई साथ लिएर विश्वका मजदूर एक होऔं भन्दै सत्तामा पुग्ने गरेको छ । सधैँ ट्रेड युनियनको आन्दोलको भरमा कम्युनिष्ट सत्तामा पुग्ने गरेको छ, अनि सत्तामा पुगेपछि त्यही ट्रेड युनियनको विरोध गर्दछ ।’
पौडेलले वाम गठबन्धनका कारण नभई अन्तर्घातका कारण पार्टीले पराजय भोगेको बताए । अरु मिलेर हामी हारेका हौं भन्ने कुरामा आफ्नो विमति रहेको बताउँदै अन्तर्घात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताए । उनले जनताको मन कब्जा गर्न नसक्दा तीनवटै निर्वाचनमा काँग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताए । आन्तरिक रुपमा पार्टीभत्र मात्र वर्चस्व जमाएको, तर जनताको मनमा वर्चस्व जमाउन काँग्रेस नेतृत्वले नसकेको उनको दुखेसो छ । आफ्नै पार्टीका केही नेताप्रति लक्षित गर्दै पौडेलले अरु -एमाले र माओवादी) मिलेकोले हामी (काँग्रेस) हार्यौं भन्न नहुने बताए । ‘अब पनि अरु दल मिलेर बलियो भएकोले हामी कमजोर बनेका हौं भनेर नभनौं,’ उनले भने, ‘हामीले आम जनताको विश्वास जित्न नसकेको हारेका हौं भनेर स्वीकार्नुपर्छ।’
‘काँग्रेसका नेताले पार्टीकब्जा गर्नुको साटो जनताको मन कब्जा गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने, ‘जनताको मन त कब्जा नै भएन।’ काँग्रेसले पञ्चायत, आतंकवाद, माओवादसँग लडेकोले यति बलियो पार्टीको विपक्षमा ५१ प्रतिशतभन्दा बढी जनता हुनु आर्श्चर्यजनक भएको पौडेलले बताए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनकुमार जोशीले राष्ट्रवाद देखाएर निर्वाचनमा भोट बटुलेका प्रधानमन्त्री केपी शर्मा ओली रक्षा कबज खोज्न भारत गएको टिप्पणी गरे । नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले सरकारले खोजीखोजी र रोजीरोजी प्रजातन्त्रवादी कर्मचारीलाई दुःख दिन खोजेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले वर्तमान सरकार हल्लाउने तागत आफूहरुसँग भएको भन्दै नआत्तिन आग्रह गरे ।
त्यस अवसरमा कास्की काँग्रेसका जिल्ला सभापति कृष्ण केसी, प्रदेश ३ का सांसद कृष्णचन्द्र नेपाली, विन्दुकुमार थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल, नेता राजेन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि बाबुराम आचार्य लगायतले बोलेका थिए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्य समिति-४ का अध्यक्ष शिव शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुरेशकुमार श्रेष्ठले स्वागत र कास्की अध्यक्ष डार्विन लम्सालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
हरिनासमा गठबन्धनले जिते निशुल्क स्वास्थ्य बिमाः भुजेल
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९