काठमाडौँ, ३ वैशाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ ।
कर्मचारी समायोजन ऐन-२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।
स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि मापदण्ड तयार पारेको हो ।
मापदण्डअनुसार निजामती कर्मचारीलाई स्थानीय तहमा खटाउँदा नेपाल सरकारबाट स्वीकृत स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीको आधारमा स्थानीय तहको रिक्त पदमा खटाउने भएको छ । यस्तै कार्यरत पदको ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा, स्थायी बसोबास रहेको स्थानीय तहमा पनि कर्मचारीलाई खटाउने, प्रदेशका केन्द्र वा जिल्ला सदरमुकाम स्थायी ठेगाना भएका कर्मचारीलाई सो प्रदेश वा जिल्लाभित्र कुनै पनि स्थानीय तहमा खटाउने मापदण्डमा उल्लेख छ ।
यसैगरी आफूले चाहेको ठाउँमा कर्मचारी बढी हुन गएका खण्डमा नजिकैको स्थानीय तहमा जान पाउने व्यवस्थासमेत गरिएको छ । मापदण्डमा निजामती कर्मचारीको पतिपत्नीलाई एउटै स्थानीय तहमा खटाउनेसमेत भएको छ ।
Related News
सम्बन्धित समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस
पदबहालीमा मन्त्रीहरुले किन गर्छन् कर्मकाण्डी निर्णय ?
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीको निर्देशन : मितव्ययी बन्नुस्, पुँजीगत खर्च बढाउनुस्
माघ १२, २०७९