नागरिक सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५
Bina Silwal

पोखरा, ३ वैशाख। पोखरामा भएको प्रदेशस्तरीय नागरिक सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ ।

सम्मेलनले दिगो विकास लक्ष्यको निर्दिष्ट उद्देश्य बमोजिम प्रदेशको समृद्धिका लागि गैरसरकारी महासंघको समन्वयमा अन्य विकासका साझेदार सामाजिक संस्था, सञ्जाल, फेडेरेसन तथा नेर्टवर्कको प्रदेशस्तरीय साझा दिगो विकास मञ्च गठन गर्ने भएको छ ।

यस्तै शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई सरकारले लिएको नयाँ शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना कार्यक्रमलाई सहयोग गर्न नागरिक संगठन तथा गैरसरकारी संस्थालाई आग्रह गर्ने कार्यक्रम तय गरेको छ।

जारी घोषणापत्रमा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा सरकारसँग मिलेर निर्णायक भूमिका निर्वाह गर्न प्रदेश सरकारका विकासका रणनीति, योजना र प्राथमिकताका क्षेत्रमा साझेदारी गर्न सरकारसँग उपयुक्त वातावरणका लागि आब्हृान गर्ने उल्लेख गरिएको छ। महिला, बालबालिका, अल्पसंख्यक, ज्येष्ठ नागरिक, दलित, जनजाति लगायत सबै वर्ग र समुदायका नागरिकको समान अवसर, सहभागिता र उत्थानमा जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

यस्तै नागरिक संगठन र गैरसरकारी संस्थालाई नीतिगत रुपमै वातावरण तय गरी उनीहरुलाई विकासका काममा थप सक्रिय भूमिका प्रदान गर्न तिनै तहका सरकारसँग आह्वान गर्ने बताइएको छ।

मुलुककै पर्यटकीय सम्भावना बोकेको क्षेत्र र उच्च प्राकृतिक स्रोत साधनको उपलब्धता भएको प्रदेश ४ लाई थप व्यवस्थित, सभ्य र सुसंस्कृत बनाउन प्रदेश सरकारसँगको समन्वयमा अघि बढ्ने जनाइएको छ ।

गैसस प्रदेश ४ मा सिलवाल

सम्मेलनलअन्तर्गत भएको अधिवेशनले वीना सिलवालको अध्यक्षतामा २१ सदस्यीय प्रदेशस्तरीय समिति गठन गरेको छ । कार्यसमिति उपाध्यक्ष गोपाल खड्का, सचिव राजेन्द्र शर्मा, उपसचिव मुक्तिप्रसाद ढुङ्गाना, कोषाध्यक्ष गीता शर्मा, सदस्य शान्ति कँडेल, यमबहादुर मेधासी, तारा थापा र थमनारायण शर्मा छन्। प्रदेशका ११ वटा जिल्लाका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पदेनसदस्य रहने व्यवस्था छ। नयाँ कार्यसमितिको पहिलो बैठकले १ सदस्य मनोनीत गर्ने उपाध्यक्ष गोपाल खड्काले बताए।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width