पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् ।
नेता पौडेलले सोमबार बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पुर्याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरे ।
काँग्रेसका वरिष्ठ नेता पौडेल सहित राष्ट्रिय सभा सदस्य वृन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, काँग्रेस कास्कीका जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङ लगायतले नेता तथा कार्यकर्ताले नवौं दिनको पुण्यतिथिमा परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् ।
यस्तै रेडक्रस कास्कीका पूर्व जिल्ला सदस्यसमेत रहेका पत्रकार बराललाई भेट्न रेडक्रसका जिल्ला सभापति डोलराज पाण्डे सहितको टोली, अभिभावक संघ कास्कीको टोली, नानी शुक स्मृति प्रतिष्ठान, उच्च अदालत बार एशोसिएन, जनप्रिय क्याम्पस, पोखरा बहुमुखी क्याम्पस, पत्रकार, शुभचिन्तक बराल निवास पुगेका थिए ।
अधिवक्ता, प्राध्यापक समेत रहेका प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष पत्रकार बरालका ममतामयी माता डिलमाया बरालको गत चैत २५ गते स्वर्गारोहण भएको थियो ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९