पोखरा, २ बैशाख। ‘एनजिओले अधिकारका कुरामात्र सिकाएर नागरिकलाई उचालिदियो, कर्त्तव्य सिकाएन। अधिकारका कुरा लिएर राज्य वा सरकारलाई दबाब दिने काम सही होला झ् तर, प्रत्येक नागरिकले नागरिक अधिकारका कुरा गरिरहँदा उनीहरुले गर्नुपर्ने कर्त्तव्य पनि हुन्छन्।’
राज्यको तहमा गैरसरकारी संस्थाबारे धेरै आलोचना हुने गरेको बताउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्ता आरोपलाई भ्रमबाट चिर्न सुझाए। गैरसरकारी संस्था महासंघ नेपालले पोखरामा आइतबार आयोजना गरेको प्रदेश ४ स्तरीय नागरिक सम्मेलन उद्घाटन गर्दै उनले गैरसरकारी संस्थाप्रति लाग्ने गरेको यस्ता आरोप सुनाउँदै थिए।
‘सचेत नागरिकले के कर्त्तव्य पालना गर्नुपर्छ भनेर एनजिओले नभनीदिने, कर्त्तव्यका कुरा सिकाए पनि अत्यन्त थोरैमात्र सिकाउने। राज्यले खोजेका कुरा नसिकाउने,’ उनले भने, ‘अधिकारका कुरामात्र सिकाइदिने आरोप छन्। यस्ता आरोपबाट गैरसरकारी संस्था स्वयं मुक्त हुनुपर्छ।’
आर्थिक समृद्धिको कुरामात्र गरेर नहुने जिकिर गर्दै मुख्यमन्त्री गुरुङले देश र समाजप्रति उनीहरुको अधिकार एवम् कर्त्तव्यबारे नागरिकबीच सचेत ल्याइदिन गैरसरकारी संघसंस्थासँग गुरुङको आग्रह थियो। उनले राष्ट्रिय पुनर्जागरणमा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए। बिनाजागरण कुनै पनि राष्ट्रको विकास हुन नसकेको उनको तर्क छ।
मुख्यमन्त्री गुरुङले लक्षित समूहप्रति राज्य र सरकारको एजेण्डाभन्दा पनि एनजीओले आफ्नो एजेण्डा लाद्ने अर्को आरोप सुनाए। जहाँ सुविधा छ, त्यहाँमात्र एनजिओ पुगेको मुख्यमन्त्री गुरुङले सुनेको अर्को आरोप थियो। समाजबाट पछाडि परेको समुदाय उकास्न एनजिओको मुख्य भूमिका हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए।
‘राज्य पुग्न नसकेको ठाउँमा एनजिओ पुग्नुपर्छ,’ गुरुङले भने, ‘जहाँ उत्पीडन छ, राज्य पुग्न सकिरहेको छैन। त्यहाँ एनजिओ पुगून्, जहाँ समुदाय समाजबाट पछाडि परेका छन्।’
प्रदेशका उद्योग विकास तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशको विकासमा पर्यटन, कृषि, उर्जा र खनिज पदार्थ सम्भावनाको क्षेत्र रहेको औंल्याए। यीनै सम्भावना प्राथमिकतामा राखेर प्रदेशको विकास गर्ने सरकारले लक्ष्य लिएको उनले उल्लेख गरे। उनले त्यसका लागि कोरला नाकादेखि सुस्ता र मध्य पहाडी लोकमार्ग खोल्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए।
प्रदेश सांसद कुमार खड्काले एनजिओको मूल्यांकन उनीहरुले पठाएको प्रगति प्रतिवेदनमा नभई परिणाममा हुनुपर्ने जिकिर गरे। आगामी दिनमा प्रदेश सरकारले तयार पारेको प्रोजेक्ट बैंकका आधारमा एनजिओले लक्षित समूहसमक्ष कार्यक्रम लैजानुपर्नेमा जोड दिए। भौतिक विकास मात्र नभई मानवीय संवेदना, सभ्यता, संस्कार र सँस्कृतिको विकासमा समेत एनजीओको कार्यक्रम जानुपर्ने खड्काको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिव भीम कार्की, गैरसरकारी महासंघ पश्चिमाञ्चलका सल्लाहकार राजुप्रसाद पौडेल, गैरसरकारी महासंघ पश्चिमाञ्चलका पूर्व अध्यक्ष करुणासागर सुवेदी लगायत बोलेका थिए। कार्यक्रममा गैरसरकारी संघ संस्थामा निरन्तर सक्रिय रहेको भन्दै भौतिक तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, गैरसरकारी महासंघ पश्चिमाञ्चलका पूर्व अध्यक्ष करुणासागर सुवेदी, टीकाराम भुषाल, रामप्रसाद सुवेदी, देवीलाल लामिछाने, घरपजोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङ, मालिका गाउँपालिका म्याग्दीकी उपाध्यक्ष खरमाया बिटालु र महाशीला गाउँपालिका पर्वतका अध्यक्ष राजुप्रसाद पौडेललाई सम्मापत्रद्वारा सम्मान गरिएको थियो। अधिवेशन आयोजक समिति संयोजक देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक दीवा पुनले स्वागत र सचिव वीना शिलवालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
सोमबारसम्म चल्ने अधिवेशनले ४ प्रदेशस्तरीय नयाँ कार्यसमिति समेत गठन गर्ने गैरसरकारी संस्था महासंघ नेपालका सचिव रामप्रसाद सुवेदील बताए।
जसमा प्रदेश विकासका अवस्था, सम्भावना र प्राथमिकता, दिगो विकास लक्ष्य, विपत् व्यवस्थापन अवसर र चुनौती, गैरसरकारी संस्था व्यवस्थापनमा कानूनी व्यवस्था र दिगो विकास लक्ष्य र बालबालिकासम्बन्धी अधिवेशनमा छलफल हुने सुवेदीले बताए।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९