लेखनाथ, २ वैशाख। लेखनाथमा जारी नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञानमहायज्ञमा हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा ३०, पावरहाउसमा सञ्चालित महायज्ञको चौथो दिनमात्र ३ लाख १२ हजार ४ सय रुपैयाँ संकलन भएको छ । जसअनुसार हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको प्रचार प्रसार संयोजक दीपकराम ढेवाजुले जानकारी दिए।
चौथो दिन महायज्ञमा बीएमजी बोर्र्डिङ स्कूलले १ लाख ११ हजार १ सय ११, पोखरा लेखनाथ महानगरपालिका वडा ३० का भक्ति अधिकारीले ५१ हजार १ सय ११, सोही वडा निवासी विष्णु तिवारीले ३० हजार ५, वडा २९ निवासी विश्वराज लामिछानेले २६ हजार ८ सय ८८, भोजराज गौतमले २५ हजार १ सय २५ र जनता बहुउद्देश्यीय सहकारी संस्थाबाट २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखाले बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ आयोजना गरेको सो महायज्ञमा यज्ञस्थलभित्र तुलादान, सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, विश्वशान्ति, सामूहिक चौसारी पूजा र लक्ष्यवर्ती द्वीप प्रज्ज्वन लगायत व्यवस्था मिलाइएको छ ।
यसैबीच, स्थानीय मुवादेवी भण्डारीले चैरासी पूजा र तुलादान गरेकी छन्। भण्डारी परिवारबाट वैदिक विधि अनुसार चैरासी पूजा गरिनुका साथै तुलादान गरिएको हो ।
बैशाख ५ गतेसम्म चल्ने महायज्ञमा भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा धार्मिक प्रवचन गर्दै आएका छन्।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९