पोखरा, २ वैशाख।ब्रेज मेश्रो घान्द्रुक तमु समाज पोखराले घान्द्रुक गाउँको विकासमा सहयोग पुर्याउनेलाई सम्मान गरेको छ।
यसरी सम्मानित हुनेहरुमा मिस युके फस्ट रनरअप पुनम गुरुङ, सेकेण्ड रनरअफ निलम गुरुङ, घान्द्रुकमा बाटो निर्माण समितिका अध्यक्षहरु भक्तबहादुर गुरुङ, धु्रव घले, सचिव बुद्धि गुरुङ, कोषाध्यक्ष धु्रव गुरुङ, आर्थिक संकलन संयोजक कुलबहादुर गुरुङ, ख्याती प्राप्त राष्ट्रिय बहिरा महासंघ नेपालका उपाध्यक्ष जमानसिंह गुरुङ र श्रवण दृष्टिविहीन संघ नेपालका उपाध्यक्ष आशा गुरुङ रहेका छन्।
समारोहका प्रमुख अतिथि प्रदेश ५ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्मानपत्र प्रदान गरेका थिए।
साथै विभिन्न संस्थालाई सहयोग हस्तान्तरण गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि गुरुङले ४ नं. प्रदेशलाई समृद्ध बनाउन सरकार कटिबद्ध हरेको बताउँदै यसका लागि सबै एक भएर लाग्नुपर्ने बताए।
उज्यालो प्रदेश बनाउने, स्वच्छ खानेपानी, आधारभूत शिक्षा र पर्यटनसँगै कृषि र उद्योगको विकासका योजनाहरु रहेको उनले जानकारी दिए।
समाजका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुवेदार सुदर्शन तमु घान्द्रुकेले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रम सञ्चालन हितकाजी गुरुङले गरेका थिए।
मिस युके नेपालका फष्ट रनर अफ पुनम गुरुङले युकेमा च्यारिटी सो गरी संकलन गरेको तीन लाख रुपैयाँ अन्नपूर्ण गाउँपालिका वष नं. १० र ११ का बहिरा तथा अपाङ्गता भएकालाई सीपमुलक तालिमका लागि सहयोग उपलब्ध गराएकी थिइन्। सो अवसरमा गण्डकी बहिरा संघलाई पनि एक सय थान कुर्ची प्रदान गरिएको छ।
यसैगरी मिस युके नेपालका सेकेण्ड रनर अप निलम गुरुङले बाटो निर्माणका लागि १४ लाख रुपैयाँ र सामुदायिक भवनका लागि एक लाख ६० हजार उपलब्ध गराएकी थिइन्।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९