चितवन २ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय, पोष्ट, सेक्टर कार्यालय, सुरक्षाकर्मीका पोष्टहरुमा माछा खान प्रतिबन्ध लगाइएको छ।
निकुञ्ज आसपासका नदी तथा खोलाहरुमा अवैध माछा मार्नेसँग कर्मचारीको मिलेमतो हुने गरेको भन्ने गुनासो आएपछि माछा पकाउन र खान निकुञ्जले प्रतिबन्ध लगाइएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले वैशाख १ गतेदेखि लागू हुने गरी मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्ट लगायतका स्थानमा नदी तथा पोखरीबाट ल्याइएका कुनै पनि माछा पकाउन र खान प्रतिबन्ध लगाइएको बताए। निकुञ्ज हुँदै बग्ने रापती, नारायणी, रिउँ लगायत नदी-खोलाहरुमा माछा मार्न अवैध रुपमा तियारी जालको प्रयोग गर्ने, करेन्ट लगाउने जस्ता घटना बढ्दै गएपछि ती कार्यमा कतैकतै निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीको समेत संलग्नता हुने गरेको गुनासो बढेपछि प्रतिबन्ध लगाइएको ढकालले बताए।
नदीहरुमा रहेका माछा दुर्लभ जलचर घडियाल गोहीको मुख्य आहार हो। माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीहरुमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने लाइसेन्स भएकाहरुलाई मात्रै सानो जाल प्रयोग गर्न दिएको छ। निकुञ्जअन्तर्गत तीन सय ५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन्।
निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीय रुपमा नै बस्ने गर्दछन्। निकुञ्जले यस अघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ। कर्मचारी तथा सेनालाई आफ्नो निजी घर र बजारमा गएर खान भने प्रतिबन्ध नलगाइएको ढकालले प्रष्ट पारे।
ढकालले नदीमा माछा मार्ने कार्यलाई निरुत्साहित गर्न माछा खान प्रतिबन्ध लगाइएको बताए। प्रतिबन्धविपरीत कसैले प्रयोग गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने ढकालको भनाइ छ। सबै कार्यालय तथा पोष्टलाई पत्राचार गरिसकिएको ढकालले बताए।
Related News
सम्बन्धित समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस
पदबहालीमा मन्त्रीहरुले किन गर्छन् कर्मकाण्डी निर्णय ?
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीको निर्देशन : मितव्ययी बन्नुस्, पुँजीगत खर्च बढाउनुस्
माघ १२, २०७९