पोखरा, २ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित रतन पाण्डे सामुदयिक विद्यालयमा दुर्गादत्त बराल र ओमकुमारी बरालले १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।
वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा दुर्गादत्त र ओमकुमारीका छोरा नवराज बराल, राजु बराल, बुहारी तारा बराल, सीता बराल, पूर्णकला बराल र सरिता बरालले घरमा आयोजना गरिएको धार्मिक अनुष्ठानमा विद्यालयका प्रअ बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बराल, पूर्व अध्यक्ष देवराज पौडेल र शरदचन्द्र बराललाई आमन्त्रण गरी उक्त रकम हस्तान्तरण गरेका हुन्। विद्यालयको भर्ना अभियानबाट प्रभावित भएर विभिन्न विद्यालय छोडी करिब ५० जना नयाँ विद्यार्थी यस विद्यालयमा भएपछि विद्यालयले विविध शैक्षिक सुधारका कार्यक्रम अगाडि सार्दै विद्यालयको भौतिक शैक्षिक स्तरोन्नतिका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने योजना सार्वजनिक गरेको छ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९