पोखरा, २ वैशाख । पोखरा मल्टिमोडल क्याम्पसले कक्षा १२ र स्नातक तह अन्तिम वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्राडा चन्द्रबहादुर थापाले राज्यले शिक्षा क्षेत्रमा लगानी नगरेसम्म यस क्षेत्रमा आशातित विकास हुन नसक्ने बताए ।
क्याम्पसका प्रबन्ध निर्देशक राजकुमार गिरीले सञ्चालक समिति पुनर्गठन भएको र अब नयाँ कार्यक्रम लिएर झनै प्रभावकारी अध्ययन प्रक्रिया अवलम्बन गरिने बताए ।
क्याम्पस प्रमुख कृष्णबहादुर केसीले राम्रो शिक्षा मात्र नभई उपयोगी व्यवहारिक शिक्षा आवश्यकबोध गरी क्याम्पसले निरन्तर यसतर्फ विभिन्न कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पसका अध्यक्ष लिलाधर बरालले अभिभावक र विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्दै क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । प्राध्यापक संघ इकाइ समितिका अध्यक्ष नगेन्द्रबहादुर भण्डारीले लामो अनुभव बटुलेका शिक्षकबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको जनाए ।
सो अवसरमा कक्षा १२ विज्ञान संकायका विद्यार्थी नीरज थापा, व्यवस्थापन संकायका सुरज पाण्डे, बीबिएस चौथो वर्षका आरती बञ्जराले बिदा भएर जाँदै गर्दा क्याम्पसका पढाइबारे बोलेका थिए ।
यस्तै, कक्षा ११ का विज्ञान संकायकी नीता प्रधान र व्यवस्थापन संकायकी श्रीया गिरीले अग्रजलाई सफलताको कामना गरेका थिए ।
कार्यक्रममा दिवा को-अर्डिनेटर बाबुराम लामिछानेले स्वागत तथा प्रातः को-अर्डिनेटर भुपाल जैसीले सञ्चालन गरेका थिए ।
क्याम्पसले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले नियमित रुपमा प्रशासन, वित्तीय संस्थामा स्थापित व्यक्तित्व आमन्त्रण गरेर अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको थियो ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९