पोखरा, २ वैशाख । युनाइटेड क्लबले छोरेपाटनस्थित मानव सेवाआश्रम पोखरालाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ।
क्लबले आफ्नो आठौं वाषिर्कोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत भर्खरै सञ्चालनमा आएको सो आश्रममा खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको हो । क्लबले आइतबार मानव सेवा आश्रममा पुगी आश्रमका संयोजक होमनाथ तिमिल्सिनालाई ३० हजार बराबरको खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको हो । सामग्री हस्तान्तरण गर्दै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब सामाजिक कामकै लागि स्थापना भएको बताए ।
मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सिनाले सामाजिक क्षेत्रमा क्रियाशील क्लब तथा संघ संस्थाहरुको सहयोगबाट नै मानव सेवा आश्रम सञ्चालन भइरहेको बताए ।क्लब अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा १५ की सदस्य पार्वती कार्कीले मन्तब्य राखेकी थिइन्। क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको महासचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए।
यस्तै क्लब सदस्य निर्मला लामिछानेले धन्यवाद व्यक्त गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९