पोखरा, २ बैशाख । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय नेपाल निर्माणको मार्गचित्र वुद्धिजीवीको आधारमा गर्नुपर्ने हुँदा शिक्षकबाट सुझावको लागि आग्र्रह गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको ३९ औं शिक्षक दिवस तथा १२ औं जिल्ला अधिवेशनमा शुभकामना दिँदै उनले शिक्षकमा धेरै ज्ञान हुने हुँदा शिक्षामा परिवर्तन ल्याउनका लागि आवश्यक सुझाव दिन सुझाएका हुन् ।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बैशाख २ बाट सबै प्रतिष्ठित व्यक्तिले शिक्षाको पहुँचबाट वञ्चित भएका बालबालिकामध्ये १-१ जनालाई विद्यालय भर्ना अभियानमा लाग्न अनुरोध गरिन् ।
प्रमुख अतिथि मुख्यमन्त्री गुरुङदले सुसन रानाभाट शिद्ध वराह माविलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति ५ हजार प्रदान गरी कार्यक्रम उद्घाटन गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री पुनले शिक्षक आवाजको विमोचन गरे ।
कार्यक्रममा कास्कीमा राम्रा नतिजा ल्याइ उत्कृष्ट विद्यालयका रुपमा विन्दवासिनी मावि बाटुलेचौर, भद्रकाली मावि, राष्ट्रिय मावि सिमपानी, गोगन मावि लेखनाथ, अमरसिंह नमूना मावि, जनप्रिय मावि, भारतीभवन मावि, उमा मावि, बालमन्दिर मावि नदीपुर, माछापुच्छ्रे मावि सार्दिखोला, सितलादेवी सामुदायिक मावि, छोरेपाटन मावि, गौरीशंकर मावि सम्मानित भए।
त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा भुवनेश्वर पौडेल, मनिराज परियार, बालकृष्ण विक, वसन्तराज त्रिपाठी, जयलाल दवाडी, वोधराज पौडेल, लोकराज ढकाल.देवनाथ कमर, कृर्र्तिबहादुर अधिकारी, रामराज धिमाल, कृष्णराज सुवेदी, मीनाकुमारी गुरुङ, सदाखर पौडेललाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष दीपक पौडेल, एमाले जिल्ला सचिव दामोदर बैरागी, जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेल, पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केेदार आचार्य लगायतले बोलेका थिए ।
जिल्ला कमिटी अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णुहरि त्रिपाठी, र स्वागत रोमहर्षण पौडेलले गरेका थिए ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अधिवेशनले रोमहर्षण पौडेलको अध्यक्षतामा २२ सदस्यीय समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा बसुन्धरा पौडेल, हर्कबहादुर लामिछाने, सचिवमा तीथराज ढकाल, कोषाध्यक्षमा यामनाथ सुवेदी, सहकोषाध्यक्षमा सीता तिवारी चयन भएका छन्।
त्यस्तै सदस्यमा रामबाबु पौडेल, कृष्णराज पौडेल, मीनबहादुर सावत, पर्वत ओझा, सन्तबहादुर भुजेल, महेन्द्र पौडेल, प्रदीप न्यौपाने, नन्दलाल काफ्ले, दामोदर तिमिल्सिना, उदयराज पोख्रेल, सम्झना पोख्रेल, शान्ता पराजुली, विष्णुमाया पोख्रेल, नीतु पौडेल र शकुन्तला आचार्य रहेका छन्।
राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रामप्रसाद पोख्रेल, जगन्नाथ अधिकाररी, विष्णुप्रसाद पौडेल, सीता खनाल चयन गरिएको छ र लेखा समितिमा उमानाथ गौतम, डिल्लीराम गिरी र किशोर अधिकारी चयन भए ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९