हेमजा, २ वैशाख। धवलागिरी हेमजा सर्म्पर्क समाज कास्कीको आयोजनामा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षामा सुधार ल्याउन विद्यालयको भौतिक अवस्था राम्रो हुनुपर्नेमा जोड दिइन। उनले मोटरबाटोलाई मात्रै विकास नसम्झन आग्रह गर्दै विकासका सूचक धेरै भएको औँल्याएकी थिइन्। वडा अध्यक्ष शोभाकर तिम्सिनाले सबै वडावासीलाई वडा कार्यालयले समान हैसियतले हेरेको जानकारी दिँदै नयाँ वर्षले हेमजावासीलाई स्वावलम्बी बन्न प्रेरणा दिओस् भनी शुभकामना दिए । कार्यक्रमबीच एमालेका वडा संयोजक शिवकुमार श्रेष्ठ, नेपाली काँग्रेसका वडा सहसंयोजक दानबहादुर थापा, माओवादी केन्द्रका वडा अध्यक्ष माधव अधिकारी, राष्ट्रिय जनमोर्चाका शंकर बराल, गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य मधुसुदन त्रिपाठी, विवेकशील साझा पार्टीका चिरन्जीवि अधिकारी, समाजसेवी भीमप्रसाद त्रिपाठी, वडा नागरिक मञ्चकी संयोजक रमा त्रिपाठी लगायतले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना बाढेका थिए। समाजका अध्यक्ष तमबहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका सचिव प्रेमबहादुर थापाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९