काठमाडौं, ३० चैत । कर्णाली-रारा पर्यटन वर्ष घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली केही संघीय मन्त्रीहरुसहित कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल पुगेका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु हुन लागेको ‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ नयाँ वर्षका दिन शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् ।
ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि रारा ताल पुगेका छन् । कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारी कार्यक्रम स्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले शनिबार नै राराबाटै देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम समेत छ । पर्यटन वर्ष घोषणाअघि कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठक शुक्रबार साँझ रारा ताल परिसरमा बसेको छ । मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो । समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्रीसहित मन्त्री सहभागी छन् ।
‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ को तयारी पूरा भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । कर्णालीको राराबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनअघि प्रधानमन्त्री ओली हिल्सा नाका पुग्ने कार्यक्रम रहेको छ । पर्यटन वर्षको शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागत लगायत तयारी पूरा भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । पर्यटन वर्षको शुभारम्भ रारा तालसहित चार स्थानबाट हुने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे-फोक्सुण्डो र कालिकोटको पँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उनले बताए ।
यसैबीच, ओलीले डोल्पा जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि सरकार तयार रहेको बताएका छन् । डोल्पा जिल्लामा रहेको सबैभन्दा गहिरो शे-फोक्सुन्डो ताल र बाल त्रिपुरासुुन्दरीमाई माताको दर्शन गर्न पुगेका ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा विकास नभएसम्म कुनै पनि परिवर्तन नहुने भएकाले अहिलेको सरकार जनताको भावना बुझ्ने र देश विकासतिर जोड् दिने बताए । प्रधानमन्त्री ओलीले डोल्पा जिल्लाजस्ता दुर्गम जिल्लाका प्रत्येक गाउँपालिकामा जनताको सेवा सुविधाको लागि हेलिप्याड हुने पनि बताए ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९