चितवन, ३० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना पीडितको घाउमा मल्हमपट्टी लगाउने काम आफ्नो नैतिक र राजनैतिक जिम्मेवारी भएको बताएका छन्।
बाँदरमुढे सहयोग समितिले शुक्रबार जिल्लाको माडी स्थित वसन्तपुर क्याम्पसमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त घटनालाई जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याए।
अहिले वामपन्थीको बलियो सरकार बनेको भन्दै उनले विगतमा पीडितसँग भएका समझदारी अनुसार काम गर्न अब अप्ठ्यारो नभएको बताए। बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता अनुसार कार्ययोजना बनाएर काम अगाडि बढेको बताउँदै उनले यस अघिको देउवा सरकारले बाँदरमुढे घटनाका मृतकलाई शहीद घोषणाप्रति कुनै विवाद नरहेको बताए।घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढाउने दाहालले आश्वासन दिए।
बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले र्घाईतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, हालसम्म उपचारमा लागेको खर्च व्यहोर्नु पर्ने, यस अघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्ने लगायतका माग राखेका थिए।२०६२ साल जेठ २३ गते तत्कालीन व्रि्रोही नेकपा माओवादीले माडीको बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए। उक्त घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्को विरोध भएको थियो।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९