पोखरा, ३० चैत। कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराले कास्कीमा विद्युतीय भुक्तानी प्रणाली लागू गरेको छ।
सरकारी निकायका कार्यालयका लागि यो प्रणाली लागू गरिएको हो। कास्की विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेमा तेस्रो जिल्ला भएको छ।
यो प्रणाली लागू भएपछि अब सरकारी निकायले गर्नुपर्ने भुक्तनी विद्युतीय प्रणालीबाट मात्र गर्नुपर्ने छ।
सिद्वार्थ पाण्डे कम्प्युटर सेन्टर पोखरालाई दिनुपर्ने भुक्तानी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सोझै सोही र्फमको नाममा रहेको बैंक खातामा रकम ट्रान्सफर गरी जिल्लामा सो प्रणालीको शुरुवात गरिएको हो।
बैशाख १ गतदेखि कास्कीका सरकारी कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी आदेश पठाउँदा अनिवार्य रुपमा विद्युतीय भुक्तानी आदेश पठाउनु पर्ने छ।
बैंकहरुको क्लीयरिङ चार्ज कसले भुक्तानी गर्ने भन्ने विषयमा स्पष्टता नभएकाले हाललाई सरकारी कार्यालयबाट पार्टीलार्इ हुने भुक्तानीमात्रै विद्युतीय भुक्तानी मार्फत हुने र अन्य भुक्तानी रकम, चेक मार्फत नै हुने व्यवस्था गरिएको छ।
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका पार्टीरुको रकम तत्कालै र अन्य बैंकमा खाता रहेका पार्टीको रकम दोस्रो दिन क्लियरिङ हाउसमार्फत सम्बन्धित पार्टीको नाममा जम्मा हुने व्यवस्था रहेको कोष नियन्त्रक श्यामराज जोशीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९