पोखरा, ३० चैत । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जारी १५ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक सिप प्लाजा होटल अगाडि बाट शुरु भएको दौडका सहभागी तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म दौडिएका थिए । महोत्सवस्थल कोमागाने पार्कमा आयोजित समारोहमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, आयोजक संघका अध्यक्ष विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, महासचिव गणेशराज पहारी, संघका सल्लाहकार गोविन्दराज पहारी र बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बराल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
रन फर फन नाम दिइएको प्रतियोगितामा प्रथम हुनेका लागि पोखरा काठमाडौं उडान टिकट, मायाको चिनो र विजी बी क्याफेमा ककटेल डिनर पुरस्कारस्वरुप प्रदान गरियो ।
यसैगरी दोश्रो हुनेका लागि आधा घण्टाको प्याराग्लाइडिङ, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्रदान गरियो । तेश्रो हुनेले पोखराबाट काठमाडौंसम्म ग्रिनलाइन टुुर्सबाट डिलक्स बस टिकट, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्राप्त गरेका छन् ।
बुद्ध एयर, यति एयर, पोखरा प्याराग्लाइडिङ र ग्रिनलाइट र्टुसले पुरस्कार प्रायोजन गरेका थिए । यति ब्रुअरीको अर्ना वियर मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९