पोखरा, ३० चैत। उदीयमान चित्रकार हेमकान्ति गुरुङको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। ‘द जर्नी’ नामक चित्रकला प्रदर्शनीमा हेमकान्तीले कोरेका साना ठूला गरी ४० वटा चित्र प्रदर्शनीमा राखिएका छन्। महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा शुक्रबार सृजनशील कलाकार समूहले प्रदर्शनीको आयोजना गरेको हो।
उनका चित्रमा एक्रेलिक र पानी रङ्गका माध्यमबाट बनाइएका चित्र प्रदर्शनीमा राखिएका छन्। पैयँुका फूललाई महिलाको जीवनसँग जोडेर चित्र कोरिएको कलाकार हेमकान्तीले बताइन्।
एउटै रुखको पैयुँ फूललाई समय अनुसार विभिन्न रंग र रुपमा देखिएजस्तै महिलाको जीवनमा आउने परिवर्तन चित्रमार्फत सन्देश दिन खोजिएको उनले बताइन् ।
प्रदेशसभा सांसद मीना गुरुङले सो चित्रकला प्रदर्शनी उद्घाटन गरेकी हुन्। सो क्रममा सांसद गुरुङले पोखरालाई कलाको राजधानी बनाउन हेमकान्ती जस्ता कलाकारको महत्वपूर्ण भूमिका रहने बताइन्।
कला त्यसै नजन्मने उल्लेख गर्दै उनले कलाकारिता व्यावसायिक बन्नुपर्नेमा जोड दिइन्। प्राज्ञ तीर्थ श्रेष्ठले महिलामा जागरण आएको औंल्याए। उनले महिला कलाकारको सहभागिताले पोखरेली कलाको उन्नयनमा टेवा पुग्ने बताए।
कलाकार दुर्गा बरालको संयोजकत्वमा भएको उद्घाटन समारोहमा कलाकार किरण रञ्जितकारले स्वागत र कलाकार ज्योति गुरुङले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९